१७ चैत, काठमाडौं । हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल आयल निगमले मंगलबार गरेको निर्णय अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा झन्डै दोब्बर बढ्ने गरी मूल्य समायोजन गरिएकाे छ ।
मंगलबार सार्वजनिक निगमको विज्ञप्ति अनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १ सय २७ प्रतिलिटर रहेकाेमा समायोजन गरेर २ सय ५१ रुपैयाँ कायम गरिएको छ ।
यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा यसअघि प्रतिकिलोलिटर ९ सय ६६ अमेरिकी डलर रहेकाेमा नयाँ समायोजन अनुसार १ हजार ७ सय ८५ डलर पुगेको छ ।
यस्तै पोखरामा यसअघि प्रतिकिलोलिटर ८ सय १ डलर रहेकामा बढाएर १ हजार ७ सय ३२ डलर पुग्दा भैरहवामा १ हजार ७ सय १६ डलर पुर्याइएको छ । भैरहवामा यसअघि प्रतिकिलोलिटर ७ सय ८९ डलरमा कारोबार भइरहेको थियो ।

प्रतिक्रिया 4