Comments Add Comment

गंगा चौधरीको आरोप : भारतीय चेलीको दादागिरी संसदभित्र चल्न थाल्यो

१९ जेठ, काठमाडौं । सत्तारुढ नेकपाकी सांसद गंगा चौधरी सतगौवाले संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थालेको टिप्पणी गरेकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको सून्य समयमा बोल्दै सांसद चौधरीले नेपाली भूमि मिचाहासँग सल्लाह गरेरमात्र नक्सा छाप्नुपर्ने भन्ने अभिव्यक्तिलाई उनले दादागिरीको संज्ञा दिएकी हुन् ।

केही दिनअघि संसदमा बोल्ने क्रममा समाजवादी पार्टीकी सांसद सरिता गिरीले एकतर्फी रुपमा सरकारले नक्सा जारी गरेकोमा आपत्ति जनाउँदै भारतसँग छलफल गरेरमात्र अघि बढ्न सुझाव दिएकी थिइन् ।

गिरीलाई जवाफ दिदै चौधरीले भनिन् ‘नेपालमाथि भारतको दादागिरी, नमिचिएको भूमि ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दा भन्दै यो सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थाल्यो । मेरो देशको मिचिएको भूमि मेरो हो भन्न पनि मिचाहासँग सल्लाह गर्नुपर्ने ? यो कस्ता बिडम्बना हो ?’

प्रधानमन्त्रीले समृद्धिका सपना र योजना फ्याँक्नासाथ भारतीय खुफिया एजेन्सी र का एजेन्टहरु १५ दिनसम्म घाइते हुने गरेको भन्दै सरकारले देशको हितमा काम गर्न खोज्दा सबै शक्ति लगाएर असफल पार्न खोजिने गरेको आरोप चौधरीले लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment