Comments Add Comment

मनुस्मृति, शूद्र (दलित) र समाधान

श्रेष्ठ थर हटाइयो, अबदेखि मानव थर लेख्न थालियो

इतिहास

कथित उच्च जातका व्यक्तिहरू (सबैले होइन) ले २१ औं शताब्दीमा पनि दलितहरूलाई किन पशुलाई भन्दा तुच्छ व्यवहार गरिरहेका छन् संविधान र कानुनले बर्जित गरे पनि किन छुवाछूत र भेदभाव गरिरहेका छन् मानव हत्यासम्मको अपराध किन गरिरहेका छन् वास्तवमा यसको जरो खोज्दै जाँदा हामी हिन्दू धर्मशास्त्र वेदपुराणमनुस्मृतिसम्म पुग्नुपर्ने हुन्छ ।

दक्षिण एशियाली उपमहाद्वीपमा करिब ३५०० वर्षदेखि नै हिन्दू वर्णव्यवस्था लागू हुँदै आएको छ । यही हिन्दू वर्णव्यवस्थालाई व्यवस्थित गर्न इ.पू. ६०० भन्दा अगाडिसम्म नै छुवाछूत प्रथा लागू गरियो” (आहुति) ।

नेपालमा सन् २०० मा भारतको वैशालीबाट आएका लिच्छविहरूले शासन चलाउने क्रममा काठमाण्डौं उपत्यकामा ‘चार वर्ण अठार जात’ को वर्णव्यवस्था सुरु गर्दै सन् ६०० सम्ममा छुवाछूत समेत लागू गरेको देखिन्छ । लिच्छवि शासनपछि मल्ल शासनकालमा जयस्थिति मल्ल (सन् १३६०-१३९५ले काठमाडौको समाजलाई ‘चार वर्ण चौसट्ठी जात’ को व्यवस्था गरी छुवाछूतलाई थप मजबुत बनाउने काम गरे (आहुति) । त्यसैगरी गोरखाका राजा राम शाह (सन् १६०५-१६६०ले ‘चार जात छत्तीस वर्ण’ को छुवाछूतसहितको व्यवस्था लागू गरे ।

राम शाहका सन्तान पृथ्वीनारायण शाहले नेपाललाई ‘असिल हिदूस्थान’ बनाउने योजनासहित गोरखा राज्य विस्तार थाले । त्यसै क्रममा १८२५ सालमा काठमाडौ विजय गरिसकेपछि शाहले राज्यसत्ता टिकाउन छुवाछूतसहितको संस्कृति नेपाली समाजमा व्यवस्थित पार्दै लगे । यसरी धार्मिक आडमा गरिँदै आएको छुवाछूत-भेदभावलाई १९१० सालमा लागू गरिएको ऐनले कानुनी रुपमै मजबुत पार्ने काम गर्‍यो भने दलित समुदायभित्र पनि ठुलो-सानो जातीय बिभाजन गरी छुवाछूत-भेदभावलाई थप सशक्त र व्यापक बनायो (किसान २०५८ र आहुति २०६२) । जातिपातीको बिषयमा जङ्गबहादुरले बनाएको ऐनले कट्टरपन्थी धार्मिक विचारलाई झन कट्टरतापूर्वक समाजमा कायम गरायो (राजेन्द्र महर्जन/डा. यामबहादुर किसान) ।”

संविधान र वर्तमान

नेपालको संविधान २०७२ ले ‘मनुस्मृति’को त कुरै छाडौंजयस्थिति मल्लको ‘चार वर्ण चौसट्ठी जात,’ राम शाहको ‘चार जात छत्तीस वर्ण’ र जङ्गबहादुरको मुलुकी ऐन कसैलाई पनि चिन्दैन । जातपातजन्य भेदभाव र छुवाछूतलाई ‘गम्भीर सामाजिक अपराधको रूपमा कानुन बमोजिम दण्डनीय’ मान्छ हाम्रो संविधानले । तर विडम्बना ! नेपाली समाजका कथित उच्च जातका व्यक्ति (सबै होइन) हरू आज पनि ‘मनुस्मृति’ लाई नै देशको संविधान र कानुन मानेर हिँड्न खोजेको देखिन्छ ।

गंगा मानव

जसको पछिल्लो उदाहरण रूकुम पश्चिमको चौरजहारीमा नवराज बिकलगायत ६ जना युवाहरूको ज्यान जाने गरी भएको घटनालाई लिन सकिन्छ । विवाह गर्ने उद्देश्यले प्रेमिकालाई लिन जाँदा कथित उच्च जातको अहंकारले अन्धो बनेका प्रेमिकाको घरपरिवारसमाजजनप्रतिनिधिसम्मको मिलेमतोमा दलित भएकै कारण नवराज र उनका साथीहरू कुटिएर मारिनुपर्‍यो । यस्ता घटनाहरू समाजमा बारम्बार दोहोरिरहेका छन् । दलितहरूले कथित उच्च जातबाट कहिले मन्दिर पसेको नाममाकहिले चियाको जूठो गिलास नमाझेको नाममाकहिले समयमा ॠण नतिरेको अभियोगमाकहिले ‘ठूलाबडा’ लाई धनुषटंकार नमस्कार नगरेको नाममा अपमानित मात्रै होइनशारीरिक यातनासमेत ब्यहोरिरहेका छन् । मारिइरहेका छन् ।

छुवाछूत-भेदभावविरुद्ध नेपालमा दलित समुदायले पटकपटक संघर्ष गर्दै आएका छन् । गैरदलित समुदायले दलित समुदायले उठाएका मागलाई समर्थन गर्दै संघर्षमा सहभागी पनि बनेका छन् । कतिपय बेलामा गैरदलित समुदायले छुवाछूत-भेदभावका विरुद्ध आवाज उठाउँदै आएका पनि छन् । यी सबै संघर्षगाथाको व्यवस्थित अभिलेखिकरण राजेन्द्र महर्जन र डा. यामबहादुर किसानले सम्पादन गरेका ‘दलनविरुद्ध प्रतिरोधग्रन्थमा पढ्न पाइन्छ । यस आलेखमा त्यसबारेमा उल्लेख गरिने छैन । यहाँ  दक्षिण एशियाली उपमहाद्वीपमा ‘मनुस्मृति’ नामक संहिता लेखेर मनुले कसरी छुवाछूत-भेदभावलाई व्यवस्थित गरे त्यस बिषयमा केन्द्रित हुनेछ ।

मनुस्मृति र शूद्र

शूद्रबारे विभिन्न हिन्दु धर्मशास्त्रहरूमा मूलतः नकारात्मक कुराहरू नै लेखिएका छन् । सबैभन्दा व्यवस्थित र नीच ढंगले शूद्रको बारेमा लेखिएको धार्मिक ग्रन्थचाहिँ ‘मनुस्मृति’ हो । यस ग्रन्थले शूद्रको उत्पत्ति (जन्म)न्वारानभाषाशिक्षाप्रेम, विवायौनकानुनधर्मसम्पत्तिकर्ममृत्युको बारेमा सबिस्तार लेखेको छ । ती बिषयहरूमा लेखिएका मुख्यमुख्य श्लोक र त्यसका नेपाली अर्थ यहाँ उल्लेख गरिएको छ ।

उत्पत्ति अर्थात् जन्म

लोकानां तु विद्धयर्थ मुखवाहूरूपादत :
ब्राह्मणं क्षत्रीयं वैश्य शूद्रं च निरवर्तयत ।। ३१ ।।
(अध्याय एक)

संसारका विकासका लागि मुखबाहुतिघ्रा र खुट्टाबाट क्रमैसँग ब्राह्मणक्षत्रीयवैश्य र शूद्रलाई उत्पन्न गरे ।

न्वारान

मङ्ग्ल्यं ब्राह्मणस्य स्यात्क्षत्रीयस्य बलान्वितम ।
वैस्यस्री धनसंयुक्तं शूद्रस्री तु जुगुप्सितम ।। ३१ ।।
(अध्याय दुई)

ब्राह्मणको नाम राख्दा मङ्गलवाचकक्षत्रीयको नाम बलवाचकवैश्यको नाम धनसूचक र शूद्रको नाम सेवासूचक राख्नुपर्दछ ।

भाषा

ब्राह्मणं कुशलं पृच्छेत्क्षत्रबन्धुमनामयम ।
वश्यं क्षेमं समागम्री शूद्रमारोग्यमेव च ।। १२७ ।।
(अध्याय दुई)

ब्राह्मणलाई कुशलक्षत्रीयलाई निकोवैश्यलाई सन्चोसुविस्ता र शूद्रलाई निरोगी छौ भनेर सोध्नुपर्छ ।

शिक्षा

न शूद्राय मतिं दधान्नोच्छिष्टं न हविष्कृतम ।
न चास्योपदिशेद्धर्म न चास्य व्रत्तमादिशेत ।। ८० ।।
(अध्याय चार)

शूद्रलाई ज्ञान सिकाउनजूठो हव्य खानप्रत्यक्ष रूपमा धर्म र व्रतका कुराहरू सिकाउन हुँदैन ।

बिबाह

शूद्रैव भार्या शूद्रस्य सा च स्वा च विश: स्मृते ।
ते च स्वा चैव राजश्च ताश्च स्वा चाग्रजन्मन : ।। १३ ।। (अध्याय तीन)

शूद्रले शूद्र कन्यासँगै बिहा गर्नुपर्छवैश्यले वैश्य र शूद्रकन्यासँगक्षत्रीयले क्षत्रीयवैश्य र शूद्रकन्यासँग र ब्राह्मणले चारै वर्णका कन्यासँग बिबाह गर्नुहुन्छ ।

अब्राह्मण: संग्रहणे प्राणान्तं दण्डमर्हति ।
चतुर्णामपि वर्णानां दारा रक्ष्यतमा: सदा ।। ३५९ ।।
(अध्याय आठ)

शूद्रले अन्य जातिकी स्त्रीसँग संग्रहण गर्छ भने उसलाई प्राणदण्ड दिनुपर्छ । चारै वर्णले सबैभन्दा बढी आफ्ना स्त्रीहरूको रक्षा गर्नुपर्छ ।

शूद्रस्य तु सवर्णैव नान्या भार्या विधीयते ।
तस्यां जाता: समांशा: स्युर्यदि पुत्रशतं भवेत ।। १५७ ।।
(अध्याय नौ)

शूद्रले आफ्नै वर्णका स्त्रीलाई मात्रै पत्नी बनाउनुपर्छ । अर्का वर्णका स्त्री ल्याउने अधिकार उसलाई छैन । त्यसैले उसकी स्त्रीका सयवटा नै छोरा भए पनि बाबुको सम्पत्ति सबैलाई बराबर मिल्छ ।

यौन

शूद्रो गुप्तमगुप्तं वा द्वैजातं वर्णमावसन ।
अगुप्तमङ्गसर्वस्वैर्गुप्तं सर्वेण हीयते ।। ३७४ ।।
(अध्याय आठ)

पतिआदि आफन्तका संरक्षणमा नरहेकी द्विजातिकी कन्यासँग व्यभिचारी सम्पर्क गर्ने शूद्रको लिङ्ग काट्न लगाएर सर्वस्व हरण गर्नुपर्छ र संरक्षणमा रहेकीसँग व्यभिचारी गरेमा सर्वस्व हरणका साथ प्राणदण्ड दिनुपर्छ ।

न्यायकानुन र दण्ड विधान

यस्य शूद्रस्तु कुरुते राग्यो धर्मविवेचनम ।
तस्य सीदति तद्राष्ट्रंपङ्के गौरिव पश्यत: ।। २१ ।। (अध्याय आठ)

जुन राजाका राज्यमा शूद्रलाई न्यायको अधिकारी बनाइएको हुन्छ त्यस राज्यले भासमा गाडिएको गाईझैँ दु:ख पाउँछ ।

एकजातिर्द्विजातींस्तु वाचा दारुणया क्षिपन ।
जिव्हाया: प्राप्नुयाच्छेदं जघन्यप्रभवो हि स: ।। २७०।। (अध्याय आठ)

शुद्रले ब्राह्मणक्षत्रीय र वैश्यलाई पापीअपराधीआदि क्रूर वचन बोल्योभने त उसको जिब्रो छिँड पार्ने दण्ड दिनुपर्छ । किनकिउसको उत्पत्ति नै जघन्य स्थानबाट भएको हो ।

नामजातिग्रहं त्वेषामभिद्रोहेण कुर्वत: ।
निक्षेप्योयोमय: शङ्कुर्ज्वलन्नास्ये दशाङ्गुल: ।। २७१ ।।
(अध्याय आठ)

यदि शूद्रले रिस वा घमण्ड गरेर ब्राह्मणादी द्विजातिको नाम लिन्छ्भने दस अङ्गुल लामो पोलेर तातो पारेको फलामको सुइरो पुरै त्यसका मुखमा हालिदिनुपर्छ ।

धर्मोपदेशं दर्पेण विप्राणामस्य कुर्वत: ।
तप्तमासेचयेत्तैलं वक्रे श्रोत्रे च पार्थिव: ।। २७२ ।।
(अध्याय आठ)

यदि शूद्रले अहंकारवश कुनै ब्राह्मणलाई धर्मको उपदेश दिन्छ भने राजाले उसको मुख र कानमा उम्लँदै गरेको तेल हाल्न लगाउनुपर्छ ।

अवनिष्ठीवतो दर्पादद्वावोष्ठौ छेदयेनृप: ।
अवमूत्रयतो मेढ्मवशर्धयतो गुदम ।। २८२ ।।
(अध्याय आठ)

राजा र ब्राह्मणमाथि  घमण्ड गरेर थुक्ने शूद्रका दुबै ओठलिङ्ग र मलद्वार काट्न लगाउनुपर्छ ।

केशेषु गृह्णतो हस्तौ छेदयेदविचारयन ।
पादयोर्दाढिकायां च ग्रीवायं वृषणेषु च ।। २८३ ।।
(अध्याय आठ)

शूद्रले रिसाएर ब्राह्मणको केशगोडादाह्रीगर्धन या अण्डकोश समात्यो भने राजाले केही नसोचिकन त्यसका दुबै हात काट्न लगाउनुपर्छ ।

शूद्रं तु कारयेद्दास्यं क्रीतमक्रीतमेव वा ।
दास्यायैव हि सृष्टोसौ ब्राह्मणस्य स्वयंभुवा ।। ४१३ ।।
(अध्याय आठ)

किनेको होस् वा नहोस् शूद्रबाट नोकरको काम गराउनुपर्छकिनभने ब्रह्माले ब्राह्मणको सेवाका लागि नै उसलाई बनाएका हुन् ।

ब्राह्मणान्वाधमानं तु कामादवरवर्णजम ।
हन्याच्चित्रैर्वधोपायैरुद्वेजनकरैर्नृप: ।। २४८ ।।
(अध्याय आठ)

शूद्रले जानिबुझिकन ब्राह्मणलाई दु:ख दिन्छ भने राजाले शूद्रलाई अनेक प्रकारका दु:खदायी उपायले मार्नुपर्छ ।

मार्जारनकुलौ हत्वा चाषं मण्डूकमेव छ ।
श्वागोधोलुककाकांश्च शुद्रहत्याव्रतं चरेत ।। १३१ ।।
(अध्याय एघार)

बिरालोन्याउरीचास अर्थात् नीलकण्ठ नामको चरोभ्यागुताकुकुरगोहोरोलाटोकोसेरो र कागमध्ये कुनैलाई मार्दा शूद्रको हत्यामा गरिएको प्रायश्चित गर्नुपर्छ ।

आर्थिक अधिकार

उच्छिष्टमन्नं दातव्यं जीर्णानि वसनानि च ।
पुलाकश्चैव धान्यानां जीर्णाश्चैव परिच्छद: ।। १२५ ।।
(अध्याय दस)

शूद्रलाई जूठो अन्नच्यातिएका पुराना लुगागुदीबिनाको अन्न र थोत्रामोत्रा ओढ्नेओछ्याउने दिनुपर्छ ।

शक्तेनापि हि शूद्रेण न कार्यो धनसंचय: ।
शूद्रो हि धनमासाद्य ब्राह्मणानेव बाधते ।। १२९ ।।
(अध्याय दस)

धन कमाउन सक्ने भए पनि शूद्रले धन जम्मा गर्नुहुँदैनकिनभने धन कमाइसकेपछि शूद्रले ब्राह्मणलाई नै बाधा पार्छ ।

मृत्यु कर्म

दक्षिणेन मृतं शूद्रं पुरद्वारेण निर्हरेत ।
पश्चिमोत्तरपूर्वैस्तु यथायोगं द्विजन्मन: ।। ९२ ।।
(अध्याय पाँच)

मृतक शूद्रलाई दक्षिणवैश्यलाई पश्चिमक्षत्रीयलाई उत्तर र ब्राह्मणलाई पूर्व द्वारबाट श्मसानमा लैजानुपर्छ ।

(तिलकप्रसाद लुइँटेलले गरेको ‘मनुस्मृति’ को नेपाली अनुवादबाट माथिका उद्धरणहरू लिइएका हुन् ।)

महिमा मण्डन

करिब १५०० वि.सं पूर्वमा मनुद्वारा रचना गरिएको ‘मनुस्मृति’ लाई हिन्दु मान्यता अनुसार भगवान ब्रम्हाको वाणी मानिन्छ । जसको कारण हिन्दू समाजमा यस ग्रन्थ आजसम्म पनि पूज्य छ । वास्तवमा ‘मनुस्मृति’ त्यसबेलाको समाज संचालनका लागि लेखिएको संविधान हो ।

मनुस्मृति’ लाई महिमामण्डन गर्नेहरूको तर्क छ- कर्तव्यशास्त्रको अर्को नाम मनुस्मृति हो । यहाँ जातभातको कुरा छैन । यहाँ केवल मानवताको कुरा छमानवीय कर्तव्यको कुरा छ । मनुस्मृति न दलित विरोधी छन ब्रम्हाणवादको पक्षमा छ । मनुले कसैलाई दलित मान्दैन । चार वर्ण जाति नभएर मनुष्यको चार श्रेणी होजो पूर्ण रुपमा योग्यतामा आधारित छ । प्रथम ब्राम्हणदोस्रो क्षत्रियतेस्रो वैश्य र चौथो शूद्र ।’

मनुस्मृति’मा केवल मानवता र मानवीय कर्तव्यको कुरामात्र छ भन्नेहरूका लागि माथि उल्लेख गरिएका बीसवटा श्लोकले राम्रो जवाफ दिएको छ । यो कृषियुगमा रचना गरिएको ग्रन्थ हो । अनुमानित वि.सं. ६००६५० (ओलिवेली र डेरेटका अनुसार) तिर बनाइएको कानुन आजको समाजमा काम लाग्दैन । यो ग्रन्थ मानव सभ्यताको एउटा ऐतिहासिक दस्तावेज हो । यसमा लेखिएका राम्रा कुराहरू विनापूर्वाग्रह हामीले अपनाउनु पर्छभने नराम्रा कुराहरू छाड्ने आँट गर्नुपर्छ ।

समाधान

जातपातजन्य भेदभाव र छुवाछूतको समस्या दक्षिण एशियाली उपमहाद्वीपको विशिष्ट समस्या हो । यो मानव सभ्यता कै कलंक हो । धर्मसंस्कृति र परम्पराको नाममा अन्धविश्वासअन्यायअत्याचारभेदभावशोषणदमन सहन गर्न सकिन्न । ‘मनुस्मृति’ मा जन्मदेखि मृत्युसम्म शूद्र (हालको दलित) का लागि लेखिएका क्षुद्र कुराहरू विरुद्ध अझै निर्मम ढंगले लड्न जरुरी छ । जुन धर्मसंस्कृति र परम्पराले आफूहरूलाई मृत्यु दिइरहेको छत्यसको विरुद्ध बिद्रोह नगरी जीवन पाउन असंभव छ ।

जातपातको नाममा छुवाछूत कायम रहेसम्म श्रमको सम्मान हुँदैन । श्रमको सम्मान नभएसम्म समृद्धि संभव छैन । जातपात प्रथा समृद्धिको ठूलो वाधक बनिरहेको छ । श्रमस्वाभिमान र समृद्धिलाई अलग्याएर हेर्न मिल्दैन । समृद्धिको लागि पनि जतिसक्दो चाँडो जातपातको नाममा गरिने भेदभाव र छुवाछूत अन्त्य गर्नुपर्छ ।

जातपातजन्य भेदभाव र छुवाछूत अन्त्यका लागि :

१) आफूभित्र रहेको मनुवादी सोचविरुद्ध बिद्रोह गरौं ।
२) जात जनाउने थर नलेखौं ।
३) मन्दिरमा सकेसम्म दलित पुजारी राखौं ।
४) आरक्षण होइनराज्यको हरेक तहमा अनिवार्य  समानुपातिक प्रतिनिधित्व गर्ने व्यवस्था गरौं ।
५) बजेटमा दलित सशक्तीकरणको प्रभावकारी कार्यक्रम राखौं ।
६) जातपातजन्य भेदभाव र छुवाछूतविरुद्ध संविधानमा लेखिएको कुरा अक्षरश परिपालना गरौंगराऔं ।
७) अपराधीहरूलाई राज्यले कडाइपूर्वक कानुनी कारबाही गरोस् ।
८) दलितको समस्या सबैको साझा समस्या बनाऔं ।

अन्त्यमाआजकै मितिदेखि जात जनाउने थर `श्रेष्ठ´ हटाई नामको पछाडि मानवजातिलाई चिनाउने शब्द ‘मानव’ लेख्ने प्रतिबद्धता गर्दछु ।

(लेखक गंगा श्रेष्ठ समाजवादी जनता दलका नेता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment