Comments Add Comment

काठमाडौंमा ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

२० जेठ, काठमाडौं । काठमाडौंमा चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।

उनीहरुमध्ये ३ जना काठमाडौं मेडिकल कलेजले भक्तपुरको दुवाकोटमा सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । एक जना भने मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरकी स्वास्थ्यकर्मी हुन् ।

यसअघि स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता  डा. विकास देवकोटाले काठमाडौं मेडिकल कलेजका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको बताएका थिए । तर चार स्वास्थ्यकर्मी सबै काठमाडौं मेडिकल कलेजको नभई एक जना मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको भएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment