Comments Add Comment

जापानले ल्याउँदैछ नयाँ नियम, बाटोमा हिँड्दा मोबाइल चलाउन नपाइने

बाटोमा हिँडिरहेको बेलासमेत मोबाइल हेरिरहने मानिसहरुले केवल आफूलाई मात्र दुर्घटनाको जोखिममा पार्दैनन्, अरुका लागि पनि खतराको कारक बन्छन् ।

सायद हिँडिरहेको बेला पनि स्मार्टफोनको स्क्रिनमा आँखा गाड्ने मानिसहरुको जोखिमयुक्त आनिबानीका कारण दिक्क भएर होला जापानको एउटा सहरले यसविरुद्धको नियम लागू गर्दैछ ।

अहिले केही मानिसहरुका लागि स्मोम्बिज शब्द प्रयोग गरिन्छ । स्मार्टफोन र जोम्बीको सम्मिश्रणबाट यो शब्द बनाइएको हो । वास्तवमा ती मानिसहरु स्मार्टफोनका यस्ता भूतहरु हुन् जो बाहिर हिँडिरहेको बेला समेत आफ्नो स्मार्टफोनमा डुुब्छन् र बाहिरी वातावरणको बारेमा कुनै पत्तो हुँदैन ।

यस्ता लापरबाह मोबाइल अम्मली बटुवाहरुका कारण कहिलेकाहीँ सडक पार गर्ने क्रममा खतरनाक दुर्घटनासमेत हुने जोखिम हुन्छ । यहीँ जोखिमलाई मध्यनजर गर्दै जापानको यामातो सहरले सडक तथा पेटीमा हिँडिरहेको बेला बटुवाहरुलाई मोबाइल चलाउन प्रतिबन्ध लगाउने नयाँ कानुन बनाउँदैछ । उक्त नयाँ कानूनको मस्यौदा जुन १ का दिन नगरसभामा पेस गरिएको छ ।

राजधानी टोकिया नजिकैको उक्त सहरमा स्मार्टफोन प्रयोगकर्ताको तीव्र वृद्धिसँगै सडक दुर्घटनामा समेत वृद्धि भएका कारण सडकमा मोबाइल फोनको प्रयोगमा बन्देज लगाउन थालिएको हो । बटुवालाई मोबाइल फोन प्रयोगमा बन्देज लगाउने उक्त सहर जापानकै पहिलो सहर बन्नेछ। यदि कानुन पारित भएमा जुलाई १ तारेखदेखि नयाँ नियम लागू हुनेछ ।

नियम उल्लंघन गर्नेलाई सजाय गर्ने प्रावधान नयाँ नियममा हुनेछ भने मानिसहरुलाई टेक्स्ट मेसेज तथा पोस्टरका माध्यमबाट नयाँ नियमका बारेमा जानकारी गराइने नगर प्रशासनले जनाएको छ ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment