+
+
Shares

एमसीसी खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

शंकर गिरी शंकर गिरी
२०७७ जेठ २१ गते १४:२८

२१ जेठ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

विभिन्न दल निकटका भातृ संगठनले माइतीघरमा छुट्टाछुट्‍टै प्रदर्शन गरेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी स‌ंगठनले पनि माइतीघरमा प्रदर्शन गरेको छ ।

नेपाल क्रान्तिकारी माओवादीको विभिन्न भातृ संगठनले पनि बुधबार नै माइतीघरमा प्रदर्शन गरेको थियो ।

सरकारले जेठ १५ गते ल्याएको बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित एउटा प्रशारण लाइनसमेत समावेश भएको छ । बुधबार माइतीघरमा प्रदर्शनकारीले एमसीसीलाई अस्वीकार गर्नुपर्ने बताएका छन् ।

हेर्नुहोस् तस्वीरहरु 

 

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?