
२१ जेठ, बाँके । बाँकेमा भोलि बिहीबारबाट लकडाउन खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्बदलीय बैठकले व्यापार व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाएको हो ।
अब दिनअनुसार निश्चित समय पसलहरु खुल्नेछन् । मोबाइल, इलेक्ट्रोनिक्स, स्टेशनरी, फर्निचर, भाडा पसलहरु आइतबार र बुधबार दिउँसो ११ देखि ३ बजेसम्म खुल्नेछन् ।
कपडा, फेन्सी जुत्ताचप्पल र गहना पसल सोमबार र बिहीबार तथा अटो मोबाइल्स, कोल्ड स्टोर मोटरसाइकल तथा साइकल र अन्य पसल मंगलबार र शुक्रबार ११ बजेदेखि ३ बजेसम्म खुल्नेछन् ।
यस्तै बैंकहरु सार्वजनिक विदाको दिन बाहेक अरुदिन खुल्नेछन् भने निर्माण कार्यमा संलन मजदुरहरुलाई साइकलमा आउजाउ गर्न दिइनेछ । घर बाहिर निस्कँदा दुई मिटरको सामाजिक दुरी, मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4