 
																			२२ जेठ, सप्तरी । सप्तरीका पहिलो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराजले जनाएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटैल टोलका १८ वर्षी युवकमा गत वैशाख २९ गते कोरोना संक्रमण देखापरेको थियो । उनलाई सोही दिन गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।
२५ दिनपछि उनी निको भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
सप्तरीमा यो युवकसहित ५६ जना कोरोना संक्रमित छन् । संक्रमितको यही अस्पताल र साइकृष्णा अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4