Comments Add Comment

कोरोना संक्रमित ६५ लाख नाघे, तीन लाख ८६ हजारको मृत्यु

२२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या ६५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या ६५ लाख १३ हजार ३०१ पुगेको छ ।

सबैभन्दा बढी अमेरिकामा १८ लाख ५१ हजार, ब्राजिलमा पाँच लाख ८४ हजार र रुसमा चार लाख ३१ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन लाख ८६ हजार ९१ पुगेको छ । अमेरिकामा एक लाख सात हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । बेलायतमा ३९ हजार, इटालीमा ३३ हजार र ब्राजिलमा ३२ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वभर २८ लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् । अमेरिकामा चार लाख ७९ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् भने ब्राजिलमा दुई लाख ३८ हजारभन्दा बढी संक्रमित निको भएका छन् । रुसमा पनि निको हुनेको संख्या एक लाख ९५ हजारभन्दा बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment