Comments Add Comment

लकडाउनमा समय कटाउन नेपाली युवाले बनाए एप 

अष्ट्रेलियामा बसोबास गरिरहेका नेपाली युवाहरुले ‘आइकनफेस’ नामक एक एप सञ्चालनमा ल्याएका छन् । विशेषत कोरोना महामारीका कारण लकडाउनले घरमै बसिरहेकाहरुलाई लक्षित गरेर यो एप सञ्चालमा ल्याएको उनीहरुले बताएका छन् ।

उनीहरुले स्थापना गरेको असनेप आइटी सोलुसनले यो एपको विकास गरेको हो । सोलुसनका सिइओ विवेक क्षेत्रीका अनुसार यो एपमार्फत प्रयोगकर्ताले आफ्नो गोप्य कुराहरु सार्वजनिक गर्न सक्नेछन् । यसमा पोस्ट गर्ने व्यत्तिले आफ्नो नामलाई गोप्य राख्न सक्ने सुविधा पनि छ ।

‘यो एपमार्फत प्रयोगकर्ताले आफूलाई माया गर्ने पुरुष वा महिलालाई आफ्ना भावना प्रस्तुत गर्न सक्छन् । आफ्ना मनका कुरा एपमार्फत व्यक्त गरेर मन हलुका बनाउन सक्छन्,’विवेकले भने ‘यस्तो समयमा मानिसहरु डिप्रेसनमा परेका हुन्छन् । उनीहरुले यो एपमार्फत आफ्नो नाम लुकाएर सल्लाह सुझाव माग्न सक्छन् ।’

लुसनका प्रोजेक्ट मेनेजर शिखर थापाले लकडाउनमा समयमा घरमा नै बसिरहेका मानिसहरु लागि एप समय बिताउने माध्यम बन्न सक्ने बताए । उनले अहिले आफूहरुले यो एप सार्वजनिक गरे पनि भविष्यमा अझ राम्रा राम्रा एपमार्फत प्रयोगकर्तालाई सुविधा दिने खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment