Comments Add Comment

भारतमा एकैदिन थपिए झण्डै १० हजार कोरोना संक्रमित

२३ जेठ, काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) बाट करिब १० हजार संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका नौ हजार ८५१ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख २६ हजार ७७० पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ६ हजार ३४८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २७३ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ७७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा दुई हजार ७१० जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा २७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने २२० जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि २५ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा ६५० जनाको मृत्यु भएको छ । गुजरातमा १८ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार १५५ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगालमा ६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा ३५५ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा नौ हजारभन्दा बढीमा संक्रमण देखिँदा २४५ जनाको मृत्यु भएको छ । बिहारमा चार हजार चार सयभन्दा बढी संक्रमित छन् भने २९ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरसका एक लाख नौ हजार ४६२ संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment