Comments Add Comment

चप्पलसँग सम्भोग ! थाइल्याण्डका युवकले चोरे १२६ जोर जुत्ताचप्पल

आफ्ना छिमेकीका १२६ जोर जुत्ता चप्पल चोरेको आरोपमा थाइल्याण्डमा एकजना युवक पक्राउ परेका छन् । थाइल्याण्डको नन्थाबुरीमा बस्ने २४ वर्षका थीरापत क्लाइयाको घरबाट प्रहरीले १२६ जोर पुराना जुत्ता चप्पल बरामद गरेको छ ।

ती छिमेकीहरुका त्यतिधेरै पुराना जुत्ता चप्पल चोरेर आफ्नो घरमा थुपार्नुको कारण के होला ?

उनले सेकेण्ड ह्याण्ड जुत्ता चप्पल चोरी बजारमा बेचेर पैसा कमाउनका लागि त्यसो गरेका होइनन् । ती युवकले पुलिसलाई बताए अनुसार उनले यौनसम्पर्क गर्नका लागि जुत्ताचप्पल चोरेका हुन् ।

चप्पल चोरी भएको एक घरको सिसिटिभी फुटेजका आधारमा प्रहरीले युवकको घरमा छापा मार्दा ठूलो परिमाणमा जुत्ता चप्पल फेला परेपछि अनौठो तथ्यको खुलासा भएकेा हो । आफूले पछिल्लो २ वर्षदेखि जुत्ता चप्पल चोर्दै आएको युवकले स्वीकार गरेका छन् ।

पूराना जुत्ता चप्पल चोरेर ल्याएपछि उनले जुत्ता चप्पल लगाएर घरको वरिपरि हिड्ने गर्दा रहेछन् । त्यसरी केही घण्डा हिँडेपछि खुट्टाबाट जुत्ता चप्पल फुकाल्ने, अंकमाल गर्ने, चुम्बन गर्ने नांगो जिउमा रगड्ने उनको बानी रहेछ । त्यति गरिसकेपछि चाहिँ उनले जुत्ता चप्पलसँगै सम्भोग गर्ने गरेको पुलिससँग बताएका छन् ।

सोमबार प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले ती युवकसँगै उनको घरबाट बरामद भएका ठूलो परिमाणका जुत्ता चप्पलसमेत प्रदर्शन गरेको थियो ।

ती युवकको भनाइअनुसार उनमा मानिसक समस्या देखिएको छ । उनी यसअघि पनि चप्पल चोरीकै आरोपमा पक्राउ परिसकेको समेत खुलासा भएको छ ।

तथापि उनीमाथि रातको समयमा चोरी गरेको, अनुमतिविना डिजिटल ट्रान्सरिसिभर साथमा राखेको अनि कोरोना भाइरसको कर्फ्यु  उल्लंघन गरेको गरी तीनवटा अभियोगमा मुद्दा दायर गर्ने योजना प्रहरीले बनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment