Comments Add Comment

विदेशबाट घर आउन चाहने सबैलाई ल्याऊ : कांग्रेस

२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस कोभिड-१९ का कारण घर र्फकन चाहने सबैलाई ल्याउन सरकारसँग माग गरेको छ ।

कांग्रेसको नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर र्फकन पाउने अधिकार छ । तसर्थ संख्या तोक्ने होइन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनु पर्छ ।’

विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले खर्च गरेर भएपनि ल्याउनुपर्ने भट्टराईले बताएका छन् ।

उनले विदेशबाट ल्याइएका सबैको पीसीआर विधिबाट परिक्षण गर्न र मापदण्ड अनुसारको क्वारेन्टिनमा राख्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment