Comments Add Comment

सरकारको इमान्दारितामै प्रश्न उठ्यो : रिजाल

२४ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले राजश्व उठाउन सक्ने क्षमता गुमाएको बताएका छन् ।

प्रतिनिधिसभामा शनिबार अर्थ मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राखेका रिजालले पूँजीगत खर्च गर्न सक्ने क्षमता र योजना नभएको र सरकारको इमान्दारिता पनि नदेखिएको बताएका हुन् । ‘सरकारको राजश्व उठाउन सक्ने क्षमता र योजना छैन, पूँजीगत खर्च गर्न सक्ने क्षमता र योजना छैन’ उनले भने, यसपालि त इमान्दारिताको पनि लक्षण देखिएन, विश्वसनीय आधार भएन ।’

उनले अर्थ मन्त्रालयको चालु खर्च २५ अर्बबाट घटाएर ८ अर्बमा राखियोस् भन्ने खर्च कटौतीको प्रस्ताव राखेका छन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट फस्दै गएको अर्थतन्त्रलाई जोगाउन सरकारले कुनै योजना नल्याएको उनले बताए ।

अर्थतन्त्र सिथिल मात्रै नभएर संकुचित भएको भन्दै उनले भने, ‘यो पालि पोजेटिभ ग्रोथ रेट हुनसक्ने सम्भावना देखिँदैन । त्यसमाथि कुल गार्हस्थ उत्पान बढेन, बाहिरबाट आउने विप्रेषण आम्दानीमा २० प्रतिशत कम आउँछ भन्ने देखिएपछि खर्च योग्य आम्दानी झण्डै ५ प्रतिशतले घट्छ होला ।’

सरकारले असार मसान्तसम्मको राजश्व अनुमान गर्न नसकेको भन्दै उनले भने, असार मसान्तसम्म के हुन्छ भन्ने अनुमान गर्न नसक्ने अर्थमन्त्रालयले अर्को वर्षको बजेट प्रस्तुत गरेको छ ८३ पेजको बजेट त्यसमा छलफल गर्नु निररर्थक हो निररर्थक छ ।’

उनले अघि भने, ‘सरकारले बिजुलीबाट चल्ने गाडीलाई एक दिन अगाडि जसरी भन्सार नउठाइकन छोड्यो त्यसबाट सरकारको इमान्दारितामा प्रश्न उठेको छ ।’

जनता कसरी कोरोनाबाट बच्ने र देश कसरी फर्किने चिन्तामा रहेको तर सरकार कार्पेट परिवर्तन गर्न लागेको बताए । उनले अघि भने, ‘जनता कोरोनाबाट कसरी उम्कने भन्नेमा छन्, बाहिर बसेका नेपालीहरु कसरी देशमा भन्ने चिन्तामा हुनुहुन्छ । अनि सरकारमा बसेकाहरु कसरी कार्पेटको व्यवस्था भनेर मस्त छन् । सत्तारुढ दलका अरु मानिसहरु सत्ता सम्भावनाको बाँसुरी कुन धुनमा बजायो भने राम्रासँग बज्छ भनेर प्रयत्न गरिराखेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment