Comments Add Comment

काठमाडौंका चार जनामा कोरोना संक्रमणको पुष्टि

२४ जेठ, काठमाडौं । काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।

चारमध्ये तीन जना नेपाल प्रहरी अस्पतालमा रहेको पाइएको छ ।

उनीहरूमध्ये पनि दुई जना प्रहरी हुन् । एक जना अस्पतालको ल्याबमा काम गर्ने र अर्का अस्पतालमा डायलासिस गराइरहेका प्रहरी भएको स्रोतले बताएको छ ।

अर्का संक्रमण पूर्वप्रहरीकी पत्नी हुन् र नेपाल प्रहरी अस्पतालमा नै उपचाररत छिन् । तीनै जनालाई कोभिड अस्पताल, बलम्बु लैजाने तयारी भइरहेको प्रहरी अस्पताल स्रोतले जनाएको छ ।

यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment