Comments Add Comment

रिपोर्ट नआउँदै गाउँपालिकाले घर पठायो, क्वारेन्टिनमा ल्याएका एक संक्रमित भागे

२४ जेठ, रामेछाप । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि रामेछापमा एक जना क्वारेन्टिनबाट भागेका छन् ।

रामेछापमा शुक्रबार १७ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये ११ जना गोकुलगंगा गाउँपालिकाको रसनालुमा बनाइएको क्वारेन्टिनमा बसेकाहरू थिए ।

तर परीक्षणको रिपोर्ट आउन केही घण्टा पहिले गाउँपालिकाले सबैलाई छाडिसकेको थियो । ‘१४ दिन क्वारेन्टिनमा बसेपछि घर पठाउने भनेर पठाइएको रहेछ’ रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्, ‘संक्रमण पुष्टि भएको खबर आएपछि केहीलाई बाटोबाटै र केहीलाई घरबाट फर्काइयो ।’

स्रोतका अनुसार दुई जना भने सम्पर्कमा आएका थिएनन् । एक जना राति घर पुगेका थिए । परिवारबाटै सूचना पाएपछि प्रहरीले फेरि क्वारेन्टिनमा ल्याएर राख्यो ।

अर्का संक्रमित पनि सम्पर्कमा आएपछि सदरमुकामको आइसोलेसनमा ल्याउने योजना थियो । अर्का संक्रमित शनिबार बिहान स्थानीय प्रशासनको सम्पर्कमा पनि आए ।

तर क्वारेन्टिनमा राखेका संक्रमित भागिसकेका थिए । ‘बिहान ५ बजे क्वारेन्टिन स्थलमा भेटिएनन् । घरमा पनि हुनुहुन्न’ प्रजिअ शर्माले भनिन्, ‘उहाँको खोजी भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment