Comments Add Comment

कोरोनाबाट बढी प्रभावित मुलुकको पाँचौ स्थानमा पुग्यो भारत

२५ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा धेरै मानिस संक्रमित हुने मुलुकको सूचीमा भारत पाँचौं स्थानमा उक्लिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ । संक्रमितको यो संख्या इटाली र स्पेनको भन्दा पनि बढी हो ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार स्पेनमा अहिलेसम्म दुई लाख ४१ हजार ३१० जना संक्रमित फेला परेका छन् । त्यस्तै इटालीमा दुई लाख  हजार ८०१ संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका नौ हजार ९७१ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ६ हजार ९२९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट २८७ जनाको मृत्यु भएको थियो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ८२ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने दुई हजार ९६९ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा ३० हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा २५१ जनाको मृत्यु भइसकेको छ । राजधानी दिल्लीमा पनि २७ हजारभन्दा धेरै मानिसमा कोराना भाइरसको संक्रमण देखिएको छ भने ७६१ जनाको मृत्यु भइसकेको छ ।

भारतको बिहारमा अहिलेसम्म चार हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ३० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै उत्तर प्रदेशमा पनि नौ हजार ७३३ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा २५७ जनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १९ हजार २९३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment