+
+
Shares

काठमाडौंमा घरबाहिर निस्किए मानिस, चल्न थाले गाडी

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ जेठ २५ गते २१:२२

२५ जेठ, काठमाडौं । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउन खुकुलो हुँदै गएको छ ।

सरकारले लकडाउन खुकुलो गर्ने निर्णय नगरे पनि सर्वसाधारण स्वतःस्फुर्त रुपमा घारबाहिर काममा निस्कन थालेका छन् । आइतबार काठमाडौंका सडकमा सवारी साधनको बाक्लो चाप थियो । सार्वजनिक सवारी साधन धेरै नचले पनि निजी गाडीहरु प्रशस्त चलेका छन् ।

अघिल्ला दिनहरुको तुलनामा धेरै मानिस घरबाहिर निस्केका छन् । धेरै कार्यालय तथा व्यवसाय सञ्चालनमा आउन थालेका छन् । दुई महिना भन्दा बढी समय लकडाउन गर्दासमेत सरकारले जनजीवन सामान्य बनाउने मोडालिटी नल्याउँदा समस्यामा परेको भन्दै निजी क्षेत्रले व्यवसाय सञ्चालन गर्ने बताउँदै आएको छ ।

तर अहिलेसम्म सरकारले लकडाउन खुकुलो पार्ने निर्णय भने गरेको छैन ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?