Comments Add Comment

भर्चुअल विश्व पुम्सेमा दावाले जिते स्वर्ण, सस्मितालाई रजत

२५ जेठ काठमाडौं ।अमेरिकामा सञ्चालित भर्चुअल अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपालले अर्को स्वर्ण पदक पनि जितेको छ ।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वाधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजना भएको च्याम्पियनसिपमा नेपालका दावा शेर्पाले स्वर्ण जितेका हुन् । यसअघि ५० वर्षमुनि नेपालका लक्ष्मण ऐर क्षेत्रीले स्वर्ण जितेका थिए ।

शनिबार राति भएको कलर बेल्ट अन्तर्गत जुनियर इभेन्टमा मुस्कान सेवाका दावा शेर्पाले पहिलो हुँदै स्वर्ण पदक जिते । यस्तै कलर बेल्टमा नेपालकै माइती नेपालकी सस्मिता केसीले रजत जितिन् ।

यसैगरी नेपालकै अर्जुन तामाङले पनि कलर बेल्टमै जुनियरतर्फ रजत पदक जितेका छन् ।

च्याम्पियनसिपमा विश्वका २० भन्दा बढी देशका खेलाडीले जुममार्फत अनलाइन प्रस्तुति दिएर प्रतिस्पर्धा गरेका थिए ।

नेपालबाट कुल ७ खेलाडीले प्रतिस्पर्धा गर्दा २ स्वर्ण २ रजत र १ कांस्य जित्न सफल भएको हो । दुई खेलाडीले भने पदक जित्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment