Comments Add Comment

बोर्ड अध्यक्षको पदभार ग्रहण गर्दै दयारामले भने–‘सबैको साथ आवश्यक छ’

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा केही दिनअघि नियुक्त भएका निर्देशक दयाराम दाहालले आज पदभार ग्रहण गरेका छन् । चलचित्र विकास बोर्डको कार्यालय चाबहिलमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनलाई चलचित्र विकास बोर्डका कर्मचारीहरूले स्वागत गरेका थिए ।

यो पनि पढ्नुहोस बोर्ड अध्यक्षका चुनौती र फिल्मीकर्मीको आशा

सरकारबाट बोर्ड अध्यक्ष पदको नियुक्ति लिएसँगै उनी पदभार ग्रहण गर्न सोमबार बेलुकी बोर्ड पुगेका थिए । पदभार ग्रहण गर्दै उनले भने–‘म तपाईहरूकै मानिस हुँ । सबैले सहयोग गर्नुहोला ।’

चलचित्र विकास बोर्डको अध्यक्ष पद विगत ६ महिनादेखि रिक्त थियो । दयारामले चलचित्र क्षेत्रको विकास र विस्तारका लागि बोर्डबाट थुप्रै काम गर्ने आशा चलचित्रकर्मीको छ।

तर चलचित्र क्षेत्र विषय परिस्थितिबाट गुज्रिरहेको अवस्थामा बोर्डको अध्यक्ष पद सम्हालेका दयारामसँग चुनौती नै चुनौती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment