+
+
Shares

आफ्नै शरीरमा आगो लगाउने युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते १८:४४

२६ जेठ, काठमाडौं । सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका अछाम बयलपाटा अस्पतालका कर्मचारीको मृत्यु भएको छ ।

अस्पताल परिसरमै आफ्नो जीउमा आगो लगाएका २७ वर्यका सिद्धार्थ आउजीको अछाममा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । साफेबगर नगरपालिका-६ का उनको दिउँसो ३ बजेतिर मृत्यु भएको वडाध्यक्ष प्रेमराज शर्माले जानकारी दिए ।

अस्पतालको सेवाबाट निकालिएको सूचना पाएका आउजीले विहान ९ बजेतिर आफ्नै जिउमा आगो लगाएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

साँफेबगर नरपालिकाका मेयर कुलबहादुर कुँवरका अनुसार उनीसहित ३३ जनालाई केही दिनअघि तीन महिनाको समय दिएर सेवा मुक्त गर्नको लागि सूचना जारी गरिएको थियो ।

सोही कारण देखाएर उनले आत्मदाहको प्रयास गरेको हुन सक्ने उनको भनाइ छ । आउजीको परिवारमा श्रीमतीसहित एक छोरा र छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?