Comments Add Comment

थप चार थान पीसीआर मेसिन खरिद गर्ने निर्णय

२६ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले थप ४ वटा पीसीआर मेसिन खरीद गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोभिड-१९ सम्बन्धी निर्देशक समितिको सोमबार बसेको बैठकले जनकपुर, वीरगञ्ज र राजविराजको ल्याबमा एक-एक थान थप्ने र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब स्थापना गर्न चारवटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको हो ।

समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीव्रता दिन थप ५० हजार भिटिएम खरिद गर्ने निर्णय गरेको छ भने परीक्षणका लागि चाहिने रिएजेन्ट लगायतका सामग्री खरिद गर्न  समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

निर्देशक समितिले तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेश प्रवेश विन्दुमा नेपाली सेनाले होल्डिङ्ग एरिया बनाई व्यवस्थापन गर्ने र क्वारेन्टिन स्थलसम्म जाँदाको खाना खाजाको खर्च प्रदेश सरकारले प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश सरकारले स्वदेश आउन चाहने नागरिकहरुको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्ऽकुमार यादवलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment