
२७ जेठ, काठमाडौं । कोरोना महामारी रोकथाम गर्न पीसीआर टेस्ट बढाउनुपर्ने, आरडीटी विधिको परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेलगायत माग राखेर मंगलबार काठमाडौंको बालुवाटारमा प्रदर्शन भएको छ ।
बालुवाटार क्षेत्रमा भेला भएका सामाजिक अभियन्ता र व्यावसायीले सरकारको कदमको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले कोरोना महामारीमा खर्च भएको भनिएको १० अर्ब कहाँ गयो भनेर पनि प्रश्न गरेका छन् ।
साथै, पछिल्लो समय १४ दिन अस्पतालमा राख्दा पनि लक्षण नदेखिए डिस्चार्ज गर्ने सरकारको नीतिको पनि उनीहरुले विरोध गरेका छन् ।
विभिन्न खाले मुकुण्डो लगाएर समेत उनीहरुले आरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्न माग गरेका छन् ।
कोरोना माहामारी नियन्त्रणको बेला सरकारले राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्न टेन्डर आह्वान गरेकोप्रति पनि प्रदर्शनकारीले विरोध जनाएका छन् । उनीले ‘सरकारको प्राथमिकता कार्पेट कि पीसीआर ? लेखेको पप्पलेट बोेकेका छन् ।
विरोध प्रदर्शनस्थलमा दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को टोली पनि पुगेको छ । प्रहरीले पानीको फोहोरा प्रयोग गरी प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।
तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर





प्रतिक्रिया 4