Comments Add Comment

प्रधानमन्त्रीको अहंकार कोरोना महामारी रोक्न समस्या भयो : कांग्रेस

गगनको प्रश्न : क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सट्रेसन क्याम्प ?

२७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ‘सबै कुरा म जान्छु’ भन्ने प्रधानमन्त्रीको अहंकार कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी रोक्न समस्या भएको बताएको छ । सरकारको अकर्मन्यता र असक्षमताका कारण कारोना महामारीको अवस्था आएको भन्दै उसले चर्को आलोचना भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले नेपालभन्दा बाहिर १२७ जना र नेपालभित्र १४ जनाको मृत्यु भइसक्दा पनि सरकार गम्भीर नभएको बताए । यो अवधिमा भोक, आषधि खान नपाएर मात्र होइन वारेन्टिनमा समेत मानिसहरुकेा मृत्यु भएको भन्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले यसको जिम्मा कसले लिन्छ भनेर प्रश्न गरेका छन् ।

स्थिति नियन्त्रणमा हुँदा पनि सरकारले काम गर्न नसकेको उनको आरोप छ । उनले अघि भने, ‘सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकार, सरकारको अकर्मण्ड्यता र असक्षमताको कारणले आज हामीले यो अवस्था बेहोर्नुपरेको छ ।’

सरकारले अब कोरोनाबाट पार लगाउँदैन भन्ने निष्कर्षमा कांग्रेस पुगेको समेत उनले बताए । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले भने, ‘अब हामी सहयोग गर्छौं, सहयोग गर्छाै भनेर मात्र बस्दैनौं,’ उनले भने, ‘अब हामी प्रश्न गर्छाैं- उत्तर चाहन्छौं र सरकारलाई जवाफदेही बनाएर छाड्छौं ।’

कोरोना नियन्त्रणका लागि सरकारले खर्च भएको भनेको १० खर्ब कहाँ गयो ? भनेर उनले सोधेका छन् । एकएक हिसाबकिताब चाहिने भन्दै उनले अगाडि भने, ‘यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने ? यो निर्लज्ताको पराकाष्टा हो ।’

क्वारेन्टिनको व्यवस्थापन उचित नभएको भन्दै उनले प्रश्न गरे, ‘यो क्वारेन्टिन हो कि मान्छे मार्ने कन्र्सनट्रेसन क्याम्प हो । हामीलाई जवाफ चाहिन्छ ।’ पीसीआर टेस्टको दायरा बढाउ भनेर सबैले बुझाव दिएको बेला सरकारले साँघुरो दायरा बनाएकेा भन्दै उनले भने, ‘बरु टेस्ट गर्न नै बन्द गर्ने र कोरोनामुक्त भनिदिए हुन्छ किनकि टेस्ट नगरेपछि संक्रमण देखिँदैन ।’

आफूहरुले उठाएको प्रश्नको उच्चस्तरीय समन्वय समितिका संयोजकले जवाफ दिनुपर्ने र त्यसले चित्त नबुझे प्रधानमन्त्री आउनुपर्ने सांसद थापाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment