
२७ जेठ कैलाली । सुदूरपश्चिममा मंगलबार थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
मंगलबार कैलालीको टीकापुर नगरपालिकाका ४ जना, धनगढी उपमहानगरपालिकाका २ जना र मोहन्याल गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिकाका, दार्चुलाको लेकम गाउँपालिकाका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकामा पनि एक एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
मंगलबार नै कोहलपुर मेडिकल कलेजमा पनि अछामकी एक महिलामा संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या १५८ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4