Comments Add Comment

कोरोनाको खोप नबनेसम्म विद्यालय नखोल्ने फिलिपिन्सको निर्णय

२७ जेठ, काठमाडौं । फिलिपिन्सले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप नबनेसम्म विद्यालय नखोल्ने निर्णय गरेको छ ।

सोमबार फिलिपिन्सका शिक्षा सेक्रेटरी लियोनोर ब्रिओन्सले खोप नबनेसम्म विद्यालय नखुल्ने जानकारी दिएका हुन् । यससँगै फिलिपिन्सका लाखौं विद्यार्थी शिक्षाको पहुँचबाट बाहिर रहने आशंका बढेको छ ।

अहिले विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरसको खोप निर्माणको दिशामा अघि बढिरहेको छन् । यद्यपि धेरै विशेषज्ञहरुले भने यो खोप बजारमा आउन अझै कम्तिमा एक वा दुई वर्ष लाग्न सक्ने बताएका छन् ।

ब्रिओन्सका अनुसार अगष्टको अन्तिमबाट विद्यार्थीहरुको लागि अनलाइन वा टेलिभिजन कक्षा भने अगष्टको अन्तिमबाट सुरु हुनेछ । यद्यपि गरीब वा ग्रामीण क्षेत्रका विद्यार्थीसँग इन्टरनेटको पहुँच नभएकाले उनीहरुले यो कक्षा कसरी लिन सक्छन् भन्ने चिन्ता पनि सुरु भएको छ ।

हालै मात्र फिलिपिन्सले मुलुकमा दुई महिनाभन्दा लामो समयपछि लकडाउन खुकुलो बनाएको छ । यद्यपि अहिले पनि दिनहुँ एक सयभन्दा धेरै नयाँ संक्रमित भेटिइ नै रहेका छन् ।

लकडाउनले फिलिपिन्समा कोरोना भाइरसको संक्रमण केही सुस्त बने पनि यसले अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै लकडाउन खुकुलो बनाइएको हो । यद्यपि अझै पनि मानिसहरुको विभिन्न गतिविधिमाथिको रोक भने कायमै छ । अहिले पनि विनाकाम बाहिर निस्किने छुट मानिसहरुलाई छैन ।

स्रोत : द गार्जियन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment