+
+
Shares

भारतबाट फर्किंदा सीमामै बेहोस, उपचारका क्रममा वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते १९:०५

२७ जेठ, कैलाली । भारतबाट फर्किएका एक वृद्धको मंगलबार साँझ सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किँदा बेहोस भएका डोटीको आदर्श गाउँपालिका-७ का ७५ वर्षीय गर्भे विकको उपचारको क्रममा मृत्यु भएको अस्पतालका इमर्जेन्सी इन्चार्ज कृष्ण बोहराले बताए ।

`भारतको तमिलनाडुबाट फर्किएका उनी सीमा क्षेत्रमै बेहोस भएका थिए´ बोहराले भने `उपचारकै क्रममा साझ ६ बजे मृत्यु  भएको हो ।´

बोहराले विकमा दम, उच्च रक्तचाप र मिर्गौलाको समस्या देखिएको बताए ।

उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताए । कोरोनाको लक्षण नदेखिएको र आरडीटी रिपोर्ट पनि नेगेटिभ आएकाले पीसीआर परीक्षण नगरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?