 
																			२८ जेठ कैलाली । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम गइरहेको बा ८ च २१०० नम्बरको कारले ठक्कर दिँदा घोडाघोडी नगरपालिका १ सुखडकी २६ वर्षीया स्वर्णिमा चौधरी र उनको ५ वर्षका छोरा किसन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
कारको ठक्करबाट लम्कीचुहा १० का जयन्द्र सुनार र घोडाघोडी नगरपालिका ९ का डबल शाहसमेत घाइते भएको उनले बताए ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । चालक र कार दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4