Comments Add Comment

भुल्केबाट कोरोनाविरुद्ध लड्न सिकियो : मन्त्री घिमिरे

२९ जेठ, विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुरको भुल्केले कोरोनासँग लड्न धेरै सिकाएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरी मन्त्री घिमिरेले कोरोना संक्रमण रोकथामका लागि भुल्केले धेरै कुरा सिकाएको बताएका हुन् ।

भुल्केबाट कोरोनासँग लड्ने र भिड्ने रणनीति बनाउन सजिलो भएको उनले बताए । भुल्केबाटै ‘थ्री–टी’ अर्थात् टे«सिङ, टेष्टिङ र ट्रिटमेन्टको काम सुरु गरेको बताए ।

भुल्केसँगै धनकुटा जिल्ला अस्पताल र दमकको संक्रमण पनि नियन्त्रण भएको उनले बताए । भुल्केको अनुभवले आत्मबल बढाउने काम भएको मन्त्री घिमिरेले बताए ।

प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार प्रदेश १ मा २९६ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमित भेटिएका ८१ वटा स्थानीय तहमा १ सय १२ वटा कन्ट्याक्ट ट्रेसिङ टिमले काम गरिरहेको छ ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा विभिन्न जिल्लामा संक्रमण देखिएका २ सय ५३ जना विदेशबाट आएको देखिएको उनले बताए ।

विदेशबाट आएकाहरुको सम्पर्कबाट ३० जनामा संक्रमण भएको उनले बताए । डा. मेहताले प्रदेश १ मा यूवा समूह २०–३० वर्षका सबैभन्दा बढी १ सय १६ जना संक्रमित भएको बताए । उनका अनुसार ६० वर्ष माथिका १ र बालबालिका २ जना छन् ।

कोरोना संक्रमितमध्ये ४ जनामा मधुमेह, १ जनामा उच्चरक्तचाप, २ जनामा थाइराइड र १ गर्भवती भएको बताइएको छ । ३ वटा आइसोलेसन अस्पतालहरुमध्ये विराटनगरमा २२ जना, धरानमा ५५ जना र सुन्दरहरैचामा ८१ जनाको अहिले उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस कोरोना रोकथाममा अन्य प्रदेश भन्दा उत्कृष्ट छौं : मुख्यमन्त्री राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment