+
+

धादिङमा सात जना कोरोना संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते १४:४२

२९ जेठ, काठमाडौं । धादिङमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको क्वारेन्टिनमा बसेका सात जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख शम्भुकुमार थापाले जानकारी दिए ।

उनीहरूमध्ये सबैजना १२ दिनअघि भारतबाट आएर गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए । सुरुमा आरडीटी विधिबाट परीक्षण गरे पनि त्यसमा विश्वास नभएर फेरि ५५ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको थापाले जानकारी दिए ।

गाउँपालिकाका सातवटै वडामा एक/एक वटा क्वारेन्टिन बनाइएको छ । जसमध्ये वडा नं १ सल्यानटारको क्वारेन्टिनमा रहेका एक जना र वडा नं ६ कालिन्चोकको क्वारेन्टिनका 6 जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरूको जेठ २१ र २४ गते स्वाब संकलन गरेर पठाइएको थियो ।

संक्रमित व्यक्तिलाई गाउँपालिकाकै स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा राखिने अध्यक्ष थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?