Comments Add Comment

नेपाल सिपिङ लाइन्सले लकडाउनमा पनि दिँदैछ सेवा

२९ जेठ, काठमाडौं । नेपाल सिपिङ लाइन्सले लकडाउनकाबीच पनि आफ्नो सेवालाई सुचारु राखेको छ । विभिन्न मुलकका बन्दरगाहहरुमा नेपाल सिपिङ लाइन्सका हजारौं कन्टेनरहरु अहिले ढुवानी सेवा दिन तम्तयार रहेको बम्पनीले बताएको छ ।

त्यसैगरी निर्यात कार्गोका लागि वीरगञ्जमा सयौं कन्टेनरहरु स्टकमा राखिएको छ । भारत र अन्य तेस्रो मुलुकबाट सामान आयात गर्न अहिलेको लकडाउनका बेला कठिनाइ उत्पन्न हुनसक्ने सम्भावनालाई ध्यानमा राखी छिटो छरितो रुपमा सामग्री आयत गर्न नेपाल सिपिङ लाइन्सले आप\mनो सेवालाई सुचारु गरेको हो ।

‘कोरोना महामारीसँग जुध्नका लागि आवश्यक पर्ने खाद्यान्न, औषधि र स्वास्थ्य सुरक्षाजन्य सामग्रीको आयात छिटो छरितो गर्न जरुरी भइसकेको छ ।
त्यसो हुन नसकेकमा मुलुकमा भयावह स्थिति सिर्जना नहोला भन्न सकिन्न । त्यसैका खातिर नेपाल सिपिङ लाइन्सले छिटो, छरितो र विश्वसनीय रुपमा सामान आयातका लागि सेवा सुचारु गरेको हो,’ कम्पनीले भनेको छ ।

त्यस्तै निर्यात गर्दा जुनसुकै समयमा पनि कन्टेनरहरु उपलब्ध हुनेभएकाले नेपालका निर्यातकर्ताहरुको समयको बचत हुन्छ । यसले गर्दा कम ढुवानीदरमा झन्झटरहित निर्यात सम्भव भएको छ । तसर्थ निर्यात प्रबर्द्धनमा सहयोग पुग्नुका साथै विदेशी मुद्रा पलायनमा पनि कमी आएको छ ।

नेपाल सिपिङ लाईन्सको सेवा लिंदा अगि्रम भुक्तानी गर्नुपर्ने झन्झटबाट पनि नेपाली आयातकर्ताहरु मुक्त हुनेछन् । साथै विदेशी मुद्रामा भुक्तानी गर्नु पर्ने झन्झट समेत नहुो कम्पनीले बताएको छ ।

नेपाल सिपिङ लाइन्सको लक्ष्य गुणस्तरीय सेवा, प्रतिस्पर्धी ढुवानी दर रेट र कमभन्दा कम ट्रान्जिट समयमा सामान ढुवानी गर्नु हो । जसले गर्दा आयतकर्ताहरुको डिटेन्सन तथा अन्य सम्भावित खर्चमा समेत कमी आउनेछ । त्यसमाथि, आयातकर्ताहरुलाई डेलिभरी अर्डर पनि नेपालमै दिने व्यवस्था गरिएको छ ।

आप\mना सेवाग्राहीको सन्तुष्टिका लागि नेपाल सिपिङ लाईन्स सधैं प्रयत्नरत रहेको कम्पनीले बताएको छ । नेपाल सरकारको सुखी नेपाली र समृद्ध नेपालको चाहाना पूरा गर्न आवश्यकताअनुसार कन्टेनरहरुबाट ढुवानी सेवा शुरु भैसकेको छ ।

यसरी नेपाल सिपिङ लाइन्सले अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउनेछ । निकट भविष्यमा नै नेपालको आफ्नै जलमार्ग कोशी तथा गण्डक क्षेत्रमा नेपाली पानीजहाजबाट सेवा विस्तार गर्न सकिने सम्भाबना समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment