Comments Add Comment

स्वदेश फर्किएपछिको खुसी : ‘आमा ! म आइपुगेँ’ (फोटो फिचर)

२९ जेठ, काठमाडौं । कुवेतमा आममाफी पाएर नेपाल आईपुगेकी रमा क्षेत्री भुक्तपुरको होल्डिङ सेन्टरमा पुग्नासाथ नेपालकै सिमकार्ड पाइन् । हतार हतार सिम ‘एक्टिभ गर्नासाथ घरमा फोन गर्दै भनिन्,’आमा म अईपुगेँ ।’

कुवेतमा आममाफी पाएर आश्रयस्थलमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन सुरु गरेको छ । आज मात्रै २९९ जनालाई काठमाडौं ल्याइदिएको कुवेत सरकारले केही दिनभित्र थप २६ सय नेपालीलाई आˆनै खर्चमा काठमाडौंमा ओरालिदिनेछ ।

उनीहरू आममाफीको प्रक्रियामा सामेल भएकाहरु हुनेछन् । वैशाखको तेस्रो हप्तादेखि उनीहरु स्वदेश फर्किने अनुमति कुरिरहेका थिए । नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएकाले समस्या भएको थियो । तर, अब उनीहरुलाई स्वदेश र्फकने बाटो खुलेको छ ।

कुवेतमा अपि्रल २६ देखि आममाफी प्रक्रियामा सहभागी नेपालीहरू घर फर्किन ‘लगेज’ बोकेरै विभिन्न आश्रयस्थल (क्वारेन्टिन) मा पुगेर बसेका छन् । बिहीबारमात्रै जजिरा एयरलाइन्सको पहिलो उडानबाट १५० र दोस्रो उडानबाट उडानबाट १४९ महिला कामदार नेपाल उत्रिएका छन् ।

फर्किएकाहरुलाई विमानस्थलबाट प्रदेशअनुसार काठमाडौंमा तोकिएका होल्डिङ सेन्टर लगिएको थियो । उनीहरुलाई विहीबार राती नै जिल्लाहरुमा पठाइँदैछ । उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राख्ने प्रवन्ध गरिएको छ ।

दिउँसो होल्डिङ सेन्टर पुग्दा धेरैजसो महिलाहरु फोनमा व्यस्त थिए । सरकारले होल्डिङ सेन्टरमा पुगेपछि ट्रेसिङका लागि सहज हुने गरी नेपाल टेलिकमको सिमकार्ड सित्तैमा दिएको छ ।

त्यो सिम हालेर कोही आफन्तसँग फोन गर्न व्यस्त भए भने कोही इन्टरनेट चलाएर घर परिवारलाई नेपाल आएको खुसी साट्न व्यस्त थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment