Comments Add Comment

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

३० जेठ, झापा । झापाको दमक–८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार अर्जुनधारा–८ का १४ वर्षीय आयुस राईको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

झापा प्रहरीका डीएसपी राकेश थापाका अनुसार राई मे १ च ५२९६ नम्बरको पिकअपमा काम गर्थे । र, सोही गाडीबाट सामान अनलोड गर्ने क्रममा विजुलीको पोलको तारमा छोइएपछि घटना भएको थापाले बताए ।

अहिले पिकअप र चालक बिर्तामोडका सुनिल बेस्रा इलाका प्रहरी कार्यालय, दमकको नियन्त्रणमा छन् । शवलाई पोष्टमार्टमका लागि दमकस्थित आम्दा अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment