+
+
Shares

जान्हवी भन्छिन्–‘घरमै कोरोना देखिएपछि हामी निकै डराएका थियौं’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते ८:५४

नायिका जान्हवी कपुरले आफूहरुको घरमै कोरोना भाइरस देखिएपछि निकै डराएको बताएकी छिन् । केही हप्ता अगाडि उनको घरमा काम गर्ने २ जना मानिसमा कोरोना पोजिटिभ देखिएको थियो ।

तर, कोरोना भाइरसको संक्रमण हटेपछि परिवारका सदस्य निकै नै सजग भएको उनले बताइन् । जान्हवीले यस्तो अवस्थामा सम्पूर्ण जिम्मेवारी आफूले आफ्नो काँधमा लिएको पनि बताएकी छिन् ।

भारतीय मिडियासँग कुराकानी गर्दै जान्हवीले भनिन्–‘हामी सबै कोरोना भाइरसपछि भएको लक डाउनमा रमाइलो गरिरहेका थियौ । लामो समयपछि हामी परिवारका सदस्य एक भएका थियौं । जब हाम्रो घरमा कोरोना भाइरसको केस देखियो, हामी ५–६ दिनसम्म निकै डराएका थियौं । यो घटना हाम्रो लागि अचम्मलाग्दो पनि थियो । किनकी, हामी कोही पनि परिवारका सदस्य घर बाहिर गएका थिएनौ ।’

जान्हवीले अगाडि भनिन्–‘कोरोनाको केस देखिएपछि मैले मेरो बुबासँग धेरै समय बिताउन सुरु गरेँ । मैले मेरो बुबालाई पहिले भन्दा धेरै हेरचाह गर्न थालेको थिएँ । राती म उनका लागि तातो पानीको व्यवस्था गर्न सधै दौडिरहेको हुन्थेँ ।’

जान्हवीको यस्तो व्यवहारबाट उनका पिता बोनी कपुर निकै खुशी देखिएका थिए । बोनीले जान्हवीलाई ‘घरको हेडमास्टर’ समेत भनेर बोलाउन थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?