Comments Add Comment

खराब कोलेस्टेरोलले हृदयघातको खतरा : कसरी नियन्त्रण गर्ने ?

रगतमा पाइने बोसोलाई कोलेस्टेरोल  भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जीवित राख्न मद्दत गर्छ । ब्लड प्लाजमाद्वारा कोलेस्टोर शरीरको विभिन्न अंगमा पुग्छ ।  तर कहिलेकाहीँ यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्टेरोलको मात्रा अधिक हुन सक्छ, त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ ।

कोलेस्टेरोल दुई प्रकारका हुन्छन्

एलडीएल( लो डेन्सिटी लिपोप्रोटिन)

एचडीएल (हाई डेन्सिटी लिपोप्रोटिन)

खराब कोलेस्टेरोल 

एलडीएललाई खराब कोलेस्टेरोल पनि भन्ने गरिन्छ। एलडीएलले कोलेस्टेरोललाई कलेजोबाट कोशिकामा पुर्‍याउने गर्छ ।   यसको मात्रा बढी भएमा यो कोशिकाहरूमा हानिकारक रुपमा जम्मा हुन थाल्छ । समयसँगै एलडीएलले रक्तनलीलाई कडा बनाउँदै जान्छ । जसका कारण रक्तप्रवाह सुरु  हुन सक्दैन । शरीरका करिब ७० प्रतिशत खराब कोलेस्टेरोल हुने गर्छ । यो कोलोनरी हार्ट डिजिज तथा हृदयाघातको सबैभन्दा प्रमुख कारण मानिन्छ ।

राम्रो कोलेस्ट्रोल 

जबकि एचडीएललाई राम्रो कोलेस्टेरोल  मानिन्छ । यसले मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ । एचडीएलले कोलेस्टेरोललाई कोशिकाबाट टाढा पुन: कलेजोमै राख्दछ ।  कलेजोमा पुगेर कि त यो नष्ट हुन्छ कि विभिन्न माध्यमबाट शरीरबाट बाहिरन्छ ।

यो पनि पढ्नुहोस एसियाली मुलुकमा तीव्र बढ्दैछ कोलेस्ट्रोल

कोलेस्ट्रोल किन आवश्यक छ ?

कोलेस्टेरोलले शरीरको क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले कोशिकामा पर्खाल निर्माण गर्छ र विभिन्नखाले हर्मोन्सलाई सन्तुलित गर्छ । यसमा एचडीएललाई राम्रो कोलेस्टेरोल र एलडीएललाई नराम्रो कोलेस्ट्रोर भनिन्छ ।

एलडीएललाई किन खराब कोलेस्टेरोल  भनिन्छ त ?

किनभने यसले कोरोनरी धमिनीमा अवरोध उत्पन्न गर्छ । जसले गर्दा रक्तप्रवाहमा बाधा पुग्छ र हृदयघातको सम्भावना रहन्छ ।

एचडीएल कोलेस्टेरोल चाहिँ यसकारण राम्रो मानिन्छ कि यसले धमिनीमा अवरोध आउनबाट रोक्छ

कोलेस्ट‍्रोलको जोखिम

–उच्च कोलेस्टेरोलबाट ग्रस्त व्यक्तिमा त्यसबेलासम्म केही लक्षण देखिँदैन, जबसम्म कोलेस्ट्रो‍ल  मस्तिष्क र मुटुमा जाने धमिनीलाई नराम्ररी असर पुर्‍याउँदैन । यसको परिणामस्वरुप छातीमा पीडा सुरु हुन्छ ।

–रगतमा कोलेस्टेरोल बढेपछि पथरी रोग, हृदय रोग, उच्चरक्तचाप आदि हुन सक्छ ।

–कोलेस्टेरोल  बढेपछि नसामा उतारचढाव आउँछ, त्यसैले हिँडडुल गर्न गाह्रो हुन्छ ।

– मुटुमा असर, मृगौलामा क्षति पुग्न सक्छ, थाइराइड जस्ता रोग पनि कोलेस्टेरोलको वृद्धिले निम्त्याउँछ ।

यो पनि पढ्नुहोस निरोगी जीवनको तीन सूत्रः उचित आहार, विहार र विचार

कारण र लक्षण

रगतमा किन कोलेस्टेरोल  बढ्छ ?

यसमा तीनवटा कारण हुन्छन् ।

१.कोलेस्टेरोल बढ्ने खाना अर्थात् बोसोयुक्त खाद्य पदार्थको अधिक तथा लगातार सेवन ।

२. मोटाबलिक सिस्टम जब एलडीएलको मात्रा पर्याप्त रुपमा रगतबाट बाहिर निस्कन पाउँदैन, तब रगतमा एलडीएलको स्तर बढ्छ ।

३. जब कलेजोले कोलेस्टेरोल अधिक मात्रामा उत्पादन गर्छ ।

(यी कारणहरूलाई नियन्त्रण गर्ने हो भने शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्दैन ।)

लक्षण

–थकान

–कमजोरी

–सास फेर्न गाह्रो हुनु

–धेरै पसिना आउनु

–सुत्न गाह्रो हुनु

– चैन महसुस हुनु आदि

यो पनि पढ्नुहोस ७ खराब आनीबानी, जुन रोगको कारण बन्छ

कोलेस्टरोल नियन्त्रण गर्न के खाने ?

–आफ्नो खानामा धेरैजसो मौसमी फल र सब्जी सामेल गरौं ।

– सुन्तलाको जुस एकदमै फाइदाजनक हुन्छ, यसमा भरपुर मात्रामा क्याल्सियम पाइन्छ ।

– जीरो कोलेस्टेरोलयुक्त पदार्थ सेवन गरौ ? जस्तो ताजा फल, तरकारी, फाइबरयुक्त पदार्थ ।

– बिहानको नास्तामा कर्नफ्लेक्स जस्ता खानेकुरा फाइदाजनक हुन्छ ।

के नखाने ?

– रातो मासु सेवन नगरौं ।

–दूध, घिउ, क्रिमदेखि  आइसक्रिमसम्म सेवन नगर्नु राम्रो हो ।

– चुरोट, रक्सीको सेवन गर्दै नगरौं ।

सावधान रहनुहोस्

– औषधिका साथै केही सावधानी वा खानपानमा सुधार ल्याएर पनि कोलेस्टेरोल  नियन्त्रण गर्न सकिन्छ। किनभने गलत खानपान र रहनसहनले नै उच्च कोलेस्ट्रोलको समस्या पैदा हुने हो ।

– चिकित्सकको सल्लाहअनुसार खानपान र जीवनशैलीमा परिवर्तन गर्ने ।

– शरीरको तौल बढ्न नदिने, अतिरिक्त क्यालोरी वर्न गर्ने । धेरैभन्दा धेरै पैदल हिँड्ने गरौं ।

– नियमित व्यायाम गरौं, जगिङ, डान्सिङ, एरोबिक्स, स्विमिङ धेरै लाभदायक हुन्छ ।

– लिफ्टको साटो सिंढीबाट उक्लने अभ्यास गरौं ।

– त्यस्तो खानेकुरा सेवन गरौं, जसमा कोलेस्ट्रोलको मात्रा कम होस् ।

अपनाउन सकिन्छ घरेलु विधि

– एक कप तातो पानीमा एक-एक चम्चा मह र कागतीको रस मिसाएर बिहान नियमित रुपले पिउने गर्नुपर्छ, कोलेस्ट्रोल प्राकृतिक रुपले नियन्त्रण हुन्छ ।

–  १ गिलास पानीमा २ ठूलो चम्चा धनियाँ उमाल्ने, चिसो भएपछि त्यसलाई छान्ने र पिउने ।

–  प्याजको रस पनि फाइदाजनक हुन्छ । यसले रगत पनि सफा गर्छ ।

–  भिटामिन–इ पाइने खानेकुरा सेवन गरौं ।

– भिटामिन–बी ६ पनि लिन सकिन्छ ।

– नियमित रुपमा लसुन सेवन गर्न सकिन्छ ।

–  एक गिलास पानीमा एक चम्चा मेथी पाउडर मिसाएर एक महिनासम्म खाली पेट पिउनुपर्छ ।

–  नियमित एक ठूलो चम्चा मह सेवन गर्नुहोस् ।

– पाकवनका लागि सनफ्लावर तेल प्रयोग गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment