+
+
Shares

कञ्चनपुरमा ५० शय्याको कोरोना अस्पताल सञ्चालनमा   

रासस रासस
२०७७ जेठ ३० गते १४:३३

३० जेठ, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पताल परिसरमा निर्मित कोरोना अस्पताल सञ्चालनमा आएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ५० शय्याको उक्त अस्पतालको शुक्रबार शुभारम्भ गर्दै सुदूरपश्चिममा कोरोनाको जोखिम हुन नदिन उच्च प्राथमिकताको साथ काम भइरहेको बताए । ‘यहाँ स्वास्थ्य संस्थाहरुको निकै खाँचो रहेको छ,’ उनले भने, ‘अस्पतालमा आउने सङ्क्रमितलाई तिरस्कार गर्नुहुन्न ।’ उनले सङ्क्रमितलाई उच्च मनोबल बढाउने कार्यमा सबैले जुट्नुपर्ने बताए । “असाध्यै जटिल अवस्था छ । संसार सङ्क्रमित छ ।” उनले भने, “हाम्रोमा अरु प्रदेशभन्दा अहिलेसम्म सङ्क्रमण कम छ ।”

महाकाली अस्पताललाई उपप्रादेशिक अस्पतालका रुपमा विकास गर्न तयारीमा भइरहेको उनको भनाइ थियो । रु ९२ लाख ५४ हजारमा विपिन विल्डर्सले निर्माणको जिम्मा पाएको थियो ।

महाकाली अस्पतालले नयाँ सङ्क्रमित भएर आउने बिरामीले नवनिर्मित भवनमा राखिने जनाएको छ । हाल अस्पतालमा कञ्चनपुर र कैलालीका गरेर ३३ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?