+
+
Shares

बारामा आगलागी : सात घर जलेर नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते १७:२२

३० जेठ, वीरगञ्ज । बाराको कलैयास्थित मोतीबागमा शुक्रबार आगलागी हुँदा सात वटा फुसको घर जलेका छन् ।

बाराका डीएसपी गौतम मिश्रका अनुसार कलैया उपमहानगरपालिका–३ मोतीबागमा आगलागी हुँदा स्थानीय बेलदार माझी, बच्चा माझी, सन्तोष माझी, मनु माझी, महादेव माझी, बिकल माझी र खेनारी माझीको खरले छाएको घर जलेर नष्ट भएको हो ।

बेलदार माझीको खाना पकाउने चुलोबाट आगलागी हुँदा सात घर जलेर क्षति भएको उनले बताए । आगलागीबाट भण्डारण गरी राखेको अन्नपात, भाँडावर्तन, लत्ताकपडा गरी करिब एक लाख ५० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए ।

प्रहरीको सहयोगमा कलैया उपमहानगरपालिकाको दमकलले करिब आधा घण्टाको समयमा आगलागी नियन्त्रणमा लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?