Comments Add Comment

सुदर्शन खड्का संसद् सचिवमा बढुवा

२९ जेठ, काठमाडौं । संघीय संसदको सचिवालयको सचिवमा सुदर्शन खड्का बढुवा भएका छन् ।

शुक्रबार बसेको संसद सचिवालय संचालन तथा व्यवस्थापन समितिको बैठकले खड्कालाई सचिवमा बढुवा गरेको हो । सचिवालय संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष सभामुख रहन्छन् ।

संघीय संसदको महासचिवमा भरतराज गौतम नियुक्त भएपछि खाली रहेको राजपत्रांकित विशिष्ट श्रेणी सचिव पद रिक्त थियो ।

रिक्त रहेको पदमा बढुवा भएका खड्काले शुक्रबार नै पदभार सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment