+
+
Shares

४ लाख २५ हजारले गराए कोरोना बिमा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते १६:१५

३० जेठ, काठमाडौं । बिमा समितिले ल्याएको नयाँ योजना कोरोना बिमा गराउनेको संख्या शुक्रबारसम्म ४ लाख २५ हजार ३२२ पुगेको छ ।

निर्जिवन बीमक संघका महासचिव चंकी क्षेत्रीका अनुसार कोरोना बिमा वापत करिब २३ करोड ३३ लाख ३८ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।

सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ । यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै बिमासम्बन्धी नयाँ योजना ल्याएको थियो ।

बिमा चलिरहेको समयमा बिमा कम्पनीहरुको आग्रहमा यो योजना एक दिन बन्द भए पनि पछि फेरि नियमित गरिएको थियो । हालसम्म बिमा कम्पनीले एक जनाको दावी भुक्तानी गरिसकेका छन् ।

कोभिड–१९ बिमा गराएका कृषि विकास बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पोजिटिभ देखिए पछि नेको इन्स्योरेन्सले उनलाई एक लाख रुपैयाँ भुक्तानी दिएको हो ।

समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था गरेको छ ।

परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ ।

बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा रकम बिमांक रकम पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?