Comments Add Comment

विश्वभर ‘अति गरिब’को संख्या एक अर्ब नाघ्न सक्छ : यूएन

३० जेठ, कोरोना महामारी र लकडाउनको कारण हुने आर्थिक नोक्सानीको कारण विश्वभर ‘अति गरिब’को संख्या एक अर्ब नाघ्नसक्ने संयुक्त राष्ट्रसंघ (यूएन)को एक प्रतिवेदनले देखाएको छ ।

उक्त प्रतिवेदनका अनुसार थप ४० करोड गरिबीको शिकार हुनेछन् । जसमा दक्षिण र पूर्वी एसियाका मानिसहरु बढी प्रभावित हुनेछन् ।

उक्त प्रतिवेदनमा विश्वका मानिसहरुले आम्दानीमा कस्तो असर पर्छ भन्ने पनि उल्लेख गरिएको छ । महामारीको असर सबैभन्दा खराब देखिएको खण्डमा मानिसहरुको पुँजीगत आम्दानीमा २० प्रतिशतको कमी आउनेछ । यो अवस्थामा एक अर्बभन्दा बढी मानिसहरुले दुई डलरभन्दा कम रकममा दैनिक गुजारा गर्न बाध्य हुनेछन् ।

त्यसका साथै तीन अर्ब ७० करोड मानिस अर्थात् करिब विश्वको आधा जनसंख्याको आम्दानी घटेर दैनिक ५.५ डलरभन्दा कममा आउनेछ । महामारीको कारण विश्वबाट गरिबी उन्मूलनको कार्यक्रम पनि २० देखि ३० वर्षपछि धकेलिने उक्त प्रतिवेदनमा उल्लेख छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment