+
+
Shares

लकडाउन खुकुलो भएपछि पलले सुरु गरे म्युजिक भिडियोको काम

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३१ गते ११:४८

सरकारले चैत्र ११ गतेदेखि जारी गरेको लकडाउन कायमै छ । जेठको अन्तिमसाता सरकारले लकडाउनलाई केही खुकुलो बनाए पनि चलचित्र, म्युजिक भिडियोको छायांकनलगायतको कामलाई भने अनुमति दिइसकेको छैन ।

लकडाउनको समयमा केही म्युजिक भिडियो, छोटा चलचित्र निर्माण भए पनि ती घरभित्रै निर्माण भएका थिए ।

तर, लकडाउन खुकुलो भएसँगै म्युजिक भिडियो छायांकनको काम भने सुरु भइसकेको छ। नेपाली चलचित्रका चर्चित नायक पल शाह पनि म्युजिक भिडियोको काममा फर्किएका छन् ।

सरोज वली र मेलिना राइको स्वरमा समावेश ‘ए है माया’ बोलको गीतको छायांकन आज भइरहेको छ । यो भिडियोमा पलसँगै सागर लम्साल, रियाशा दाहाल, सुदिर श्रेष्ठलगायतको अभिनय छ । विक्रम सुवाँरले यो भिडियोको निर्देशन गरिरहेका छन् ।

गायक वलीले भने–‘हामीले सामाजिक दुरी कायम गरेर काम गरिरहेका छौ । अरू समयमा ३०-४० जनाको टिम भए पनि, अहिले हामीले ७ जनाको मात्र टिम राखेर काम गरिरहेका छौ । छायांकन पनि खेतमा भइरहेको छ ।’

उनले,अब यही शैलीमा काम गर्नुको विकल्प नभएको पनि बताए । उनी भन्छन्–‘अब काम गर्ने तरिका पनि यस्तै हो । ठूलो टिम बनाएर काम गर्न गाह्रो हुन्छ । हामी अब सानो टिम बनाएरै काम अगाडि बढाउने सोचाइमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?