Comments Add Comment

सुदूरपश्चिममा थपिए ६४ संक्रमित

३१ जेठ,  डोटी ।  सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालले शनिबार बेलुकी पाँच वजे सार्वजनिक गरेको बिवरणअनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिकामा एक महिलासहित २३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरको लालझाडीमा दुई महिलासहित १४ जना, कैलालीको चुरै गाउँपालिकामा पाँच पुरुष, कञ्चनपुरको महाकाली नगरपालिकामा तीन पुरुष र पुनर्वास नगरपालिकामा दुई पुरुमा संक्रमण देखिएको हो ।

यस्तै बझाङको बित्थड चीर गाउँपालिकामा एक महिलासहित दुई जना,  केदारश्यूं गाउँपालिकामा दुई पुरुष, डडेल्धुारको अमरगढी नगरपालिकामा एक महिला, डोटीको जोरायल गाउँपालिकामा एक महिलासहित दुई जना र सायल गाउँपालिकामा एक जना छन् ।

धनगढी उपमहानगरपालिकाका दुई जना, गोदावरी नगरपालिकाका एक महिला सहित दुई जना, लम्कीचुहा नगरपालिकाका एक पुरुष, टिकापुर नगरपालिकाका एक पुरुष, कञ्चनपुरको बेदकोटका एक महिला र कञ्चनपुरका एक पुरुष रहेका छन् ।  पछिल्लो २४ घण्टामा जाँच भएका दुई सय ७६ स्वावमध्ये ६४ जनामा कोरोना संक्रमण भेटिएको अस्पतालले जनाएको छ ।

नयाँ संक्रमितसँगै प्रदेशमा कुल संक्रमितको संख्या २४२ पुगेको छ । प्रदेशमा हालसम्म ६ हजार ३१२ जनाको स्वाव परीक्षण भएको छ । त्यसमध्ये करीव चार प्रतिशतमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment