Comments Add Comment

सपिङ मल खुलाउन वडाध्यक्षले दिए सहमति

३१ जेठ, काठमाडौं । संघीय सरकारले तत्काल नखुलाउने भनेको व्यापारिक मल खुलाउन काठमाडौं महानगरपालिकाका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले भने सहमति दिएका छन् ।

काठमाडौंका व्यवसायीसँग शनिबार भएको छलफलमा अध्यक्ष महर्जनले व्यापारिक मल खुलाउन सहमति दिएका हुन् । यस अघि काठमाडौंका १२ वटा सपिङ मलहरुले व्यवसाय खुलाउने एकतर्फी निर्णय गरेका थिए ।

उनीहरुको निर्णयमा वडाध्यक्षले पनि सहमति जनाएको हुन् । सरकारले काठमाडौंका सम्पूर्ण पसल व्यवसायहरु खुलाउने बताए पनि व्यापारिक मलहरु भने तत्काल नखुलाउने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस सरकारी निर्णयप्रति सपिङ मलको आपत्ति, व्यवसाय खुला गर्ने निर्णय

अन्य ठाउँमा भन्दा मलहरुमा अझ कडा सुरक्षा हुने र संक्रमणको जोखिम कम हुने भएकाले खुला गर्नु पर्ने व्यवसायिको माग थियो । वडाध्यक्ष महर्जनले स्थानीय सरकार, स्थानीय सामाजिक संघसंस्था र व्यापारीहरुबीच भएको छलफल पछि समय तोकेर व्यवसायहरु सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार होलसेल पसलहरु अब विहान ८ बजेदेखि दिउसो १ बजेसम्म र खुद्रा पसलहरु विहान १० बजेदेखि साझ ५ बजेसम्म सञ्चालन हुनेछन् । शनिबार भने पसलहरु बन्द हुने अध्यक्ष महर्जनले बताए ।

उनका अनुसार पसलमा आउने ग्राहकहरु सबैको रेकर्ड राख्नेसमेत निर्णय भएको छ । ‘भोलि कोहि संक्रमित भए कन्ट्रयाक्ट ट्रेसिङ गर्न सहज होस् भनेर ग्राहकको रेकर्ड राख्न समेत भनेको छौं, माक्स तथा स्यानिटाइजर अनिवार्य गर्ने र कपडा पसलहरुले कपडा फेर्ने कक्ष (ट्रायल रुम) सञ्चालन नगर्ने निर्णय भएको छ’ वडाध्यक्ष महर्जनले भने ।

बाहिरबाट आउनेहरुका लागि पीसीआर टेष्ट अनिवार्य गर्नुपर्ने समेत वैठकले निर्णय गरेको छ । त्रिपक्षिण निर्णयलाई नेपाल राष्ट्रिय व्यवसायी महासंघले पनि स्वागय योग्य भएको बताएको छ ।

महासंघका अध्यक्षले स्थानीय सरकारले समन्वयात्मक भूमिका देखाएको बताए ।

‘हामीले एकतर्फी निर्णय गरेर पसलहरु सञ्चालनमा ल्याएको केहि दिन पछि सरकारले खुलाउने निर्णय गर्यो तर मलहरु नखुलाउने भनेको थियो’ उनले अध्यक्ष कटुवालले भने, ‘स्थानीय सरकारको समन्वयमा अब सबै व्यवसायहरु सञ्चालन हुनेछन्, सुरक्षाका सावधानी भने अपनाइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment