
नेपाली चलचित्रमा लभ स्टोरी कथालाई पर्दामा मन छुने शैलीमा उतार्न निर्देशक दिनेश राउत खप्पिस छन् । दिनेश चलचित्र निर्माणमा त्यसको गहिराइसम्म पुग्ने भएकाले पनि उनका चलचित्रलाई दर्शकले रुचाएका छन् । उनै, दिनेश यतिबेला २ वटा चलचित्रको काम गरिरहेका छन् ।
उनी, चलचित्र ‘मेरो एउटा साथी छ २’ र निर्माता रोहित अधिकारीको नयाँ चलचित्रमा काम गर्ने तयारीमा छन् । तर, यो विचमा उनलाई नयाँ टिमबाट चलचित्र निर्देशनको अफर समेत आएको छ ।
चलचित्र ‘प्रेमगीत ३’ रिलिजका लागि समय लाग्ने भएपछि नायक प्रदिप खड्का नयाँ चलचित्रमा काम गर्ने दौडमा लागेका छन् । उनै, प्रदिप नायक दिनेश राउतसम्म चलचित्र निर्देशनको अफर लिएर पुगेका हुन् ।
प्रदिपसँग अहिले नयाँ टिम जोडिएको छ । सोही टिमसहित प्रदिपले दिनेशलाई चलचित्र निर्देशनको अफर गरेका हुन् । दिनेश र प्रदिप दुबै काम गर्नका लागि सकारात्मक पनि छन् । तर, दुइविच मौखिम सहमती पनि भैसकेको छैन ।
वुझिएअनुसार, प्रदिपको टिमसँग सहमती भएको खण्डमा दिनेशले चलचित्र ‘मेरो एउटा साथी छ २’ गर्ने संभावना कम छ ।
प्रदिप र दिनेश अरु केही प्रोजेक्टमा पनि सहकार्य गर्ने तयारीमा लागेका छन् । नेपाली चलचित्रका चकलेटी नायक र सफल निर्देशकविच सहकार्य भएको खण्डमा, यसले चलचित्र क्षेत्रलाई फाइदा दिनेछ ।
प्रतिक्रिया 4