Comments Add Comment

चीनमा भेटिए दुई महिना यताकै धेरै कोरोना संक्रमित

३२ जेठ, काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा दुई महिना यताकै धेरै कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन् । गत अप्रिल १३ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका हुन् ।

चीनको नेशनल हेल्थ कमिसनका अनुसार भेटिएकामध्ये ३८ जना स्थानीय संक्रमित रहेका छन् । जसमध्ये ३६ संक्रमित बेइजिङका छन् । यो चीनको सरकारले राजधानी सहर बेइजिङको तथ्यांक शुरु गरेयताकै सबैभन्दा ठूलो संख्या हो ।

एकदिनअगाडि बेइजिङमा ६ जना संक्रमित फेला परेका थिए । तर, शनिबार सहरको दक्षिण पश्चिमी फेंगताई क्षेत्रको एक सहरमा ठूलो संख्यामा गरिएको परीक्षणपछि संक्रमितको संख्यामा वृद्धि भएको हो ।

बेइजिङमा युद्धस्तरमा कोरानेा भाइरस नियन्त्रणको लागि अहिले प्रयास भइरहेको छ । संक्रमणको नयाँ लहरको डरले शनिबार चीनले खेल र पर्यटनसँग जोडिएका धेरै कार्यक्रमहरु रद्द गरेको थियो ।

चीनमा पछिल्लो २४ घण्टामा फेला परेका संक्रमितमध्ये १९ जना विदेशबाट आएका मानिसहरु थिए । अहिलेसम्म चीनमा कोरोना भाइरसको कारण ८३ हजार १३२ संक्रमित फेला परेका छन् भने चार हजार ६३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment