Comments Add Comment

संसारकै पहिलो कार रेसिङ, तेश्रो हुनेलाई किन बनाइएको थियो विजेता ?

सन् १८९५ को जुन ११ मा विश्वकै पहिलो व्यावसायिक कार रेस प्रतियोगिता भएको थियो । फ्रान्सको पेरिस–बोर्डेक्स–पेरिस सडकमा आयोजित उक्त कार रेसिङ प्रतियोगिता आधुनिक कार रेसिङभन्दा फरक थियो ।

उक्त कार दौड प्रतियोगिताको निर्धारित दुरी ४८.४७ घण्टामा पूरा गरेका थिए एमिले लेभासरले । त्यसक्रममा उनले ११७८ किलोमिटर दुरी पार गरेका थिए । उनले पहिलो स्थानमा रहँदै कार दौड पूरा गर्ने लेभासरलाई विजेता घोषणा गरिएन जबकि उनी दोश्रो स्थानमा दौड पूरा गर्ने प्रतियोगीभन्दा ६ घण्टा छिटो थिए ।

आधिकारिक रुपमा पल कोचलिन नामक व्यक्तिलाई विजेता घोषित गरियो । उनी कार दौडमा तेश्रो स्थानमा आएका थिए र पहिलो स्थानमा दौड पूरा गर्ने लेभासरले भन्दा ११ घण्टा ढिलो मात्र दुरी पार गरेका थिए ।

आखिर ११ घण्टा छिटो दौड पूरा गर्ने व्यक्तिलाई विजेता घोषित नगरी किन तेश्रो स्थानको व्यक्तिलाई विजेता बनाइयो ? त्यसको रोचक कारण थियो ।

वास्तवमा त्यो कार रेसिङ प्रतियोगिता चारसिटे कारको लागि थियो । तर लेभासर र दोश्रो स्थानमा दौड पूरा गर्ने लुइस रिगोलटले दुई सिटे कार कुदाएर प्रतियोगितामा भाग लिएका थिए । जसका कारण उनीहरूलाई प्रतियोगितामा अमान्य घोषित गरिएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment