+
+
Shares

नागढुंगामा कडाइ, पास नभएकालाई धमाधम फर्काउँदै प्रहरी

आर्यन धिमाल आर्यन धिमाल
२०७७ असार १ गते ९:५४

१ असार, काठमाडौं । उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णय गरेलगत्तै नाकाहरूमा चेकजाँच कडा पारिएको छ ।

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीहरूले सवारी पास नभएका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीहरूलाई फर्काइदिएका छन् । हरेक गाडीहरूलाई रोकेर प्रहरीले जाँच गरिरहेका छन्।

सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ।

काठमाडौं उपत्यकाबाहिर रहेकाहरू फर्किनका लागि यहाँ आफू बसोबास गरेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको थियो।

गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ।

त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यलाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन्छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?