+
+
Shares

सुदूरपश्चिममा परीक्षणविनै २६ जना कोरोना संक्रमित डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते ११:४१

१ असार, डोटी । कोरोनाको लक्षण नदेखिएको भन्दै सुदूरपश्चिमका विभिन्न ठाउँबाट २६ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । सरकारले जारी गरेको नयाँ निर्देशिकाअनुसार १४ दिन आइसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएका २६ संक्रमितलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा सेती प्रादेशिक अस्पतालबाट १५ जना रहेका छन् । यस्तै महाकाली अस्पतालबाट चार जना, डोटी जिल्ला अस्पतालबाट दुई जना, डोटीको पूर्वीचौकी गाउँपालिकाबाट तीन जना र अछाम जिल्ला अस्पतालबाट दुईजना संक्रमितलाई पनि आइतबारै डिस्चार्ज गरिएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अस्पतालको आइसोलेसनमा रहेका कैलालीका ११ र डोटीका चार जनालाई डिस्चार्ज गरिएको बताए ।

उनका अनुसार डिस्चार्ज हुनेमा गौरीगंगा नगरपालिका-२ का सात पुरुष पुरुष, वडा नम्बर-४ का एक पुरुष, धनगढी उपमहानगरपालिका-१० का एक पुरुष, जानकी गाउँपालिका-१ का एक पुरुष, बर्दगोरीया गाउँपालिका-५ का एक पुरुष रहेका छन् । यस्तै, डोटीको केआईसिंह गाउँपालिका-३ घर भई सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई महिला र दुई पुरुषलाई पनि आइतबारै डिस्चार्ज गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै, महाकाली अस्पतालबाट काठमाडौंका दुई, कञ्चनपुर भीमदत्त नगरपालिकाका एक र महाकाली नगरपालिकाका एक गरी चारजना पुरुषलाई डिस्चार्ज गरिएको अस्पतालका कोरोना फोकल व्यक्ति डा. सरोज आचार्यले जानकारी दिए ।

डोटी जिल्ला अस्पतालमा उपचार गराई रहेका पूर्वीचौकी गाउँपालिकाका दुई र पूर्वीचौकी गाउँपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा उपचार भइरहेका तीन गरी पाँचजनालाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

यस्तै, अछाम जिल्ला अस्पतालमा उपचाररत मंगलसेन नगरपालिकाका एक र सोकट गाउँपालिकाका एक गरी दुई जनालाई घर पठाइएको स्वास्थ्य कार्यालय अछाममा प्रमुख जनक ढुङ्गानाले जानकारी दिए ।

१४ दिन आइसोलेसनमा बिताएका र उनीहरूमा कुनै पनि प्रकारको लक्षण नदेखिएकोले नयाँ निर्देशिकाअनुसार सात दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। यसअघि संक्रमितलाई दुई पटक लगातार पीसीआर नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने गरिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?