+
+
Shares

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते १२:४४

१ असार, जनकपुरधाम । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बसबरिया गाउँपलिका-५ बस्ने ४३ वर्षीय नरेशकुमार रामको करेन्ट लागेर मृत्यु भएको हो ।

चक्रघट्टा गाउँपालिका २ भेली बस्ने चन्सी साहको घर छाइरहेको अवस्थामा अचानक विजुलीको तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र बरहथवातर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?