+
+
Shares

सुर्खेत क्वारेन्टिनमा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते १५:५३

१ असार, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका-७ स्थित क्वारेनटाइनमा बसेका एकजनाको मृत्यु भएको छ ।

१३ दिनअघि भारतको गढवालबाट स्वदेश फर्किएका गुर्भाकोट नगरपालिका – ८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको मेयर हस्त पुनले जानकारी दिए ।

सोमबार बिहान आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृत्यु भएको मेयर पुनले बताए ।

मृतकको स्वाब पीसीआर परिक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ ।

मेयर पुनका अनुसार मृत्यु भएका ती व्यक्ति पहिलेदेखि नै क्षयरोगका बिरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?